इन्द्रेणी सम्बाददाता
कार्तिक ३० दाङ । नेपाल र चीनबीच इन्धन आयातसम्बन्धी व्यापारिक सम्झौतामा आज हस्ताक्षर हुँदैछ । हस्ताक्षर पछि चीनबाट पेट्रोलियम पदार्थ ढुवानीका लागि बाटो खुल्नेछ । सम्झौतामा नेपालका तर्फबाट बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन र चीन सरकारका तर्फबाट केन्द्रीय तेल मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।
नेपालमा भारतीय सरकारले गरेको नाकाबन्दी बाट सिर्जित मानवीय संकट समाधान गर्न नेपालमा इन्धन तथा दैनिक उपभोग्य सामग्री सहज आपूर्तिका लागी मित्रराष्ट्र चिन सङ्ग
सम्झौताका लागि बुधबार सुटुक्क तिब्बत उडेका मन्त्री पुन शनिबार राति वेइजिङ पुगेका थिए ।
सरकारले इन्धनमा भारतको विकल्प खोजेकामा असन्तुष्ट बाणिज्य मन्त्रालय र आयल निगमका कर्मचारी सम्झौता हुन नदिने सक्रिय रहेको भन्दै मन्त्री पुन उनीहरुलाई थाहै नदिई चीनसँग विशेष सम्बन्ध रहेका व्यापारी नरेन्द्र उलक र एमाओवादी युवा नेता राजकाजी गुरुङलाई लिएर सुटुक्क चीन पसेका थिए ।
श्रोतका अनुसार आज सोमबार ब्यापारीक सम्झौतामा हस्ताक्षर हुन्छ’, मन्त्री पुननिकट श्रोतले भन्यो। सम्झौतापछि नेपालले चाहेको परिमाणमा चीनबाट डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात गर्न सक्ने उनले बताए । संविधानमा असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेपछि सरकारले चीनसहित तेश्रो मुलुकबाट इन्धन आयात गर्न नेपाल निगमसहित निजी क्षेत्रलाई समेत बाटो खुला गरेको थियो ।
यसअघि चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोल केरुङ नाका हुँदै काठमाण्डु भित्रिएको थियो । चिनबाट इन्धन आयात गर्न बाटो असहज भएको निगमका कर्मचारीले बताएपछि मन्त्री पुनले चीनिया प्राबिधिक टोलिलाइ अनुगमन गर्न गरेको अनुरोधमा चीनिया टोलिले अनुगमन गर्दा सहज आपूर्ति गर्न सकिने बताएका थिए।