ताजा अपडेट

...


पर्यटन क्षेत्रको नेतृत्व लिन महिला पनि सक्षम छन् - रिता





रिता अधिकारी, सेन्ट्रल एक्ज्क्युटिभ मेम्बर ( नारा ) 
अन्य क्षेत्रमा महिला नेतृत्व देखिएपनि पर्यटन क्षेत्रमा महिला नेतृत्व विरलै भेटिन्छन्, त्यस्तै महिला नेतृत्व हुनुहुन्छ रिता अधिकारी, विगत करिब ४ वर्ष यता पर्यटन क्षेत्रमा हात हाल्नु भएकी अधिकारी अहिले नाराको २७ औ  अधिवेशनबाट केन्द्रिय कार्यकारी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।  नाराको इतिहासमै पहिलो व्यवसायीक महिलाको रुपमा नेतृत्व सम्हालेकी अधिकारी ११ सदस्य केन्द्रीय टीममा एक्ली महिला हुनुहुन्छ । पर्यटन क्षेत्र, पर्यटन क्षेत्रको भविष्य, आर्थिक समृद्धि, महिला नेतृत्व र अघोषित नाकाबन्दीले पर्यटन क्षेत्रमा पारेको प्रभावको विषयमा इन्द्रेणी अनलाइनका अतिथि सम्पादक, धनिराम शर्मा( ऋतुविचार)ले गर्नु भएको कुराकानी । 



इन्द्रेणी -  मुलुकको आर्थिक विकासको एक आधार पर्यटनलाई भनिएपनि यस क्षेत्रको सुधार किन हुन नसकेको होला ?
रिता- सरकारी नीति अस्पष्ट छ, नियमन अनुगमन छैन, पर्यटन क्षेत्रमा सरकारी ध्यान पर्याप्त पुगेको छैन, बजेट खर्च औपचारिक हुने गर्दछ, यति मात्र होइन मुख्य गरि  योजना नहुनु नै समस्यको कारण देखिएको छ । यद्यपी सरकारी कार्यक्रमहरु नभएका त होइनन् तर  औपचारिकतामा सम्पन्न गर्ने प्रवृत्ती हावी छ, यसको साथै सरकारी कार्यक्रममाथि पनि  पहँुचवालाको बोलवाला  छ, विद्यमान यस्ताखाले प्रवृत्ती र संस्कारले गाँजिएकोछ जसबाट पर्यटन क्षेत्र मात्र होइन अन्य क्षेत्रमा पनि परिणाम आउन नसकेको जस्तो मलाई लाग्छ ।  पहुचका भरमा काम हुने संस्कारसंगै बजेट विनियोजनमा समेत  असमानता हुने गरेको भेटिन्छ  ।
पर्यटन क्षेत्रमा सुधार ल्याउनको लागि राज्यले आर्थिक समावेशी समानुपातिक , जवाफदेहिता  र पारदर्शीताको सिद्धान्तलाई आत्मसाथ गरि ठोस नीति र कार्यक्रम ल्याउन सक्नुपर्छ , साथै त्यो कार्यक्रमको कार्यान्वयन अवधिमा अनुगमन नियमनसंगै दीगो विकासको अवधारणालाई अक्षरस पालना गर्न  सकेमा सुुधार आउन सक्छ, यसका साथै  सम्बन्धित क्षेत्रको विज्ञलाई नै तत् विषयको जिम्मेवारी तोक्ने हो भने पर्यटन क्षेत्रमा दीगो विकास गर्न सकिन्छ फलस्वरुप  हामीले अपेक्षा गरेअनुसार परिणाम आउन सक्छन्  ।

इन्द्रेणी -पर्यटन विकासको लागि नेपाल एशोसियन अफ Rafting  एजेन्सीज ( NARA)  ले कस्ता  कार्यक्रमहरु संचालन गरीरहेको छ ? 
रिता -नाराले विभिन्न कार्यक्रम गर्दै आएको छ, त्यस्तै कार्यक्रम मध्ये लगत्तै हामीले नेपालमा  पहिलो पटक जल पर्यटन प्रवद्र्धनको लागि अन्तराष्टिय« स्तरको जलयात्रा सम्बन्धी कार्यक्रम गर्दैछौ । बीस भन्दा बढी देशहरुको सहभागितामा उक्त  प्रतिस्पर्धा हुनेछ, , जलपर्यटनसंग सम्बन्धित आयामहरु   क्यानोनिङ, ¥याफिटङ, कायकिङ जस्ता विधामा प्रतिस्पर्धा हुदैछ, यसले नेपालको  पर्यटन क्षेत्रको प्रचूर संभावनालाई थप उजागर गर्ने हामीले अपेक्षा लिएका छौ । प्रतियोगीताले जलयात्रामा प्रसष्ट संभावनासंगै नेपाल पर्यटकीय गन्तव्यको लागि सुरक्षित र भरपर्दाे स्थल भएको सन्देश दिनेछ ।  आगामी मार्च (फाल्गुन) महिनामा इभेन्ट गर्दैछौ, जलपर्यटनको प्रवद्र्धन गर्दै  बाह्रय तथा  आन्तरिक पर्यटक आकर्षणलाई अभिवृद्धी गर्ने नै हो । जलपर्यटनका लागि हालसम्म सरकारले १६ वटा नदीमा अनुमति खुला गरेको छ ।  साहसिक पर्यटनको एक आयाम भएकोले पाहुनालाई मनोरन्जनसंगै नेपालको प्राकृतिक सांस्कृतिक विधाहरुमा अध्ययन अनुसन्धान गर्नेहरुलाई पनि थप आकर्षण गर्न सकिनेछ ।

 इन्दे्रणी  Rafting को नेपालमा कत्तिको संभावना देख्नु हुन्छ ? 
 रिता- विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम पर्यटन भएकोले पर्यटन विधाको एउटा उपमा जलपर्यटन प्रवद्र्धन गर्न सकिन्छ, त्यसको लागि क्यानोनिङ, Rafting जस्ता जलपर्यटनका विधाहरु संचालन गर्न सकिन्छ,  जलयात्रा साहसिक पर्यटनको आयाम हो, र जोखिम हँदा हुदै पनि मनोरन्जनसंगै उद्दार कार्यहरु पनि हुन्छन् । नेपाल जलपर्यटनको लागि सुरक्षित गन्तव्य हो । (नेपालमा  पहिलो पटक जल पर्यटन प्रवद्र्धनको लागि अन्तराष्टिय« स्तरको जलयात्रा सम्बन्धी कार्यक्रम गर्दैछौ । बीस भन्दा बढी देशहरुको सहभागितामा उक्त  प्रतिस्पर्धा हुनेछ, , जलपर्यटनसंग सम्बन्धित आयामहरु   क्यानोनिङ, ¥याफिटङ, कायकिङ जस्ता विधामा प्रतिस्पर्धा हुदैछ, यसले नेपालको  पर्यटन क्षेत्रको प्रचूर संभावनालाई थप उजागर गर्ने हामीले अपेक्षा लिएका छौ । प्रतियोगीताले जलयात्रामा प्रसष्ट संभावनासंगै नेपाल पर्यटकीय गन्तव्यको लागि सुरक्षित र भरपर्दाे स्थल भएको सन्देश दिनेछ ।  आगामी मार्च (फाल्गुन) महिनामा इभेन्ट गर्दैछौ, जलपर्यटनको प्रवद्र्धन गर्दै  बाह्रय तथा  आन्तरिक पर्यटक आकर्षणलाई अभिवृद्धी गर्ने नै हो ।)

  त्रिशुली भोटेकोशी, कालीगण्डकी मस्र्याङग्री,  तमोर, भेरी, कर्णाली लगायतका विभिन्न जलाधारहरुमा  जलपर्यटन प्रवद्र्धन गर्ने गर्न सकिन्छ र  हुदै पनि आएका छन् । नेपालमा धेरै संभावना छ, जलश्रोतको धनी देश भएकोले ग्रामीण पर्यटनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार्न सकिन्छ, तर प्राकृतिक श्रोत दोहोन   जलपर्यटनको चुनौतिको रुपमा उभिएको छ, तसर्थ कुनैपनि परियोजना संचालन गर्दा  दीगो पर्याबरणमैत्री  परियोजनाहरु संचालन गर्नुपर्छ,  दीगो योजनासहित दुरगामी सोचका साथ आयोजनाहरु  निर्माण गर्न सकेमा जल क्षेत्र सुरक्षितसंगै पर्याबरणीय क्षेत्रको पनि संरक्षण भई दीगो पर्याबरणमैत्री विकास हासिल गर्न सकिन्छ ।
यसले स्थानीय उत्पादनलाई ठूलो सघाउ पुराउन सक्छ, स्थानीय कला संस्कृतिको विकास र प्रवद्र्धनसंगै आय आर्जन गर्न सकिन्छ । रोजीरोटीको विकास गरी  स्थानीय युवाहरुलाई रोजगारी दिलाउन सकिन्छ, विदेशी भूमिमा पसिना बगिरहेको छ, त्यो पसिनाको मूल्य यही दिन सकिन्छ । यही कुरालाई मध्यनजर गरि प्रवद्र्धनको लागि हामी जस्ता निजी क्षेत्रका संस्थाहरु क्रियाशिल छौ, तसर्थ आन्तरिक तथा विदेशी  लगानीलाई आकर्षण गर्ने प्रयास पनि गरिएको छ । राज्यले दीगो विकासको अवधारणालाई आत्मसाथ गर्दै लगानीमैत्री बाताबरण बनाउन पहल गर्नुपर्दछ ।

इन्द्रेणी -  Rafting को विकासको लागि  पूर्वाधारमा राज्यको नीति र कार्यक्रम कस्तो लाग्छ   ? 
रिता-सुधार गर्नु पर्ने धेरै कुरा छन् नीतिमा सुधार गर्न आवस्यक छ, विगतमा भन्दा पछिल्लो समयमा केही सुधार भएपनि नीतिगत, भौतिक पूर्वाधारसंग प्रवद्र्धनात्मक काममा राज्यको विशेष ध्यान पुग्न सकेको छैन, कथनी र करणीबीचको तालमेल मिलेको छैन, निजी क्षेत्रको तर्फबाट नाराले निकै प्रयासहरु गरेको छ, हामीले पर्यटन बोर्डका सचिवसंग गम्भीर छलफल गरेका छौ, उहाँहरुले सकारात्मक प्रतिक्रृया दिनु भएकोछ, विद्यमान असहज परिस्थितिले यस क्षेत्रमा थप संकट आइलागेको छ । तैपनि राज्य अभिावक भएकोले ठोस नीति र कार्यक्रम आउन सके जलपर्यटनमा नयाँ आयाम हासिल गर्न सकिन्छ ।
इन्द्रेणी -  पर्यटन शिक्षामा राज्यको लगानी पर्याप्त भए जस्तो लाग्छ ?
रिता -  पर्याप्त हुन सकेको छैन, तसर्थ राज्यले पर्यटन शिक्षामा विशेष ध्यान दिन एकदमै जरुरी छ, सानो कक्षादेखि नै  पर्यटकीय सम्पदाहरुको शिक्षा दिदै गएमा आफ्नो देशको संपदाहरुको जानकारीसंगै पर्यटकीय सम्पदाहरुको संरक्षण संवद्र्धनसंगै प्रवद्र्धन गर्न सकिने छ, यतिमात्र होइन पर्यटनको विशाल संभावनालाई उनीहरुको जीवन सुधारको गतिलो आधार बन्ने निश्चित छ, राज्यले यतातिर सोच्नु आवस्यक छ, उत्पादनमूलक शिक्षा नीति नहँुदा धेरै युवाहरु विदेशीन बाध्य छन् यसबाट मुक्ती पाउन शिक्षामा  पर्यटन जस्ता महत्पूर्ण जीवन उपयोगी विषयहरु राखिनु आवस्यक छ । वर्तमान शिक्षामा केही समावेश भएपनि पर्याप्त छैन । आगामी दिनमा राज्यले पर्यटन सम्बद्ध शेक्षिक सामाग्रीका विषयहरु जोडन् आवस्यक छ ।

इन्द्रेणी -पर्यटन क्षेत्रमा महिला नेतृत्व कति आवस्यक छ ? 
रिता- पर्यटन क्षेत्र मात्र होइन सबै क्षेत्रमा महिलाहरु नेतृत्व सम्हाल्न सक्षम छन् र   आवस्यक पनि छ । पछिल्लो चरणमा  बिस्तारै महिलाहरु कुनै संघ संगठन मात्र होइन राष्ट्रको संरक्षकत्व सम्हालेको बेलामा पर्यटन क्षेत्रमा पनि महिलाहरुले  कुशलतापूर्वक नेतृत्वदायी क्षमता प्रदर्शन गर्न पर्छ, पाउनु पर्छ गर्छन् पनि ।(व्यवसाय राजनीति जुनसुकै क्षेत्रमा काम गर्न जोखिम त छ, तर सुनौलो अवसरहरु पनि छन् । अझ भन्नु हुन्छ भने पर्यटन क्षेत्र झनै जोखिम छ, त्यसैगरि जलयात्रा क्षेत्रमा महिला नेतृत्व जोखिम भएपनि अवसरहरु प्रशस्त छन्,जहाँ जोखिम हुन्छ त्यही नै अवसरले  एक्टिभ हुन प्रेरित गर्दछ । पर्यटन जस्तो सेवामूलक उद्योगमा  महिलाको नेतृत्वदायी सहभागिता भएन भने महिलाले भोग्न परेको आर्थिक, समाजिक र व्यवसायीक सममस्या ओझेलमा पर्दछ, यतिमात्र होइन, पर्यटन उद्योग आर्थिक विषयसंग जोडिएकोले आर्थिक रुपले कमजोर महिलाको आर्थिक जीवन रुपान्तरणको लागि पनि नेतृत्व लिनु आवस्यक छ । नेतृत्वदायी भूमिकालाई निभाउदै स्थानीय सीप कला दक्षता भएका महिलाहरुलाई पर्यटन शिक्षाको सचेतीकरण गरि उनीहरुको आर्थिक स्तर उकास्न सकिन्छ । एउटी आमालाई शैक्षिक, आर्थिक रुपले बलियो बनाउनु भनेको परिवार नै समृद्ध हुनु हो, परिवार समृद्ध भए समाज अनि देश नै समृद्ध हुन्छ  ।)
पछिल्लो चरणमा अधिकारको  चेतनाले महिलाहरु समाज र देशको नेतृत्व लिन चुलो चौकोको सिमितताबाट  बाहिर निस्किएका छन्, तैपनि पुरातन चिन्तनले अझै प्रेरीत गर्ने भन्दा निरुत्साहीत गर्न उद्दत देखिन्छ, यद्यपी यसलाई स्वयं महिलाले चिर्ने प्रयत्न गर्ने र पुरुषहरुले साथ दिनसके महिलाहरुमा नेतृत्वदायी क्षमताका लागि मनोबल बढ्न सक्छ ।

इन्द्रेणी - पर्यटन क्षेत्रमा महिलाहरु नेतृत्वदायी भूमिका लिन सक्छन् ?   
रिता-  महिलाहरु  व्यवसायीयक नेतृत्व गर्न सक्षम छन्, देशमा महिला राष्टिपति र सभामुख भएको छन्, त्यो महिला आन्दोलनले स्थापित गरेको अवसर हो । व्यवसाय राजनीति जुनसुकै क्षेत्रमा काम गर्न जोखिम त छ, तर सुनौलो अवसरहरु पनि छन् । अझ भन्नु हुन्छ भने पर्यटन क्षेत्र झनै जोखिम छ, जलयात्रा क्षेत्रमा महिला नेतृत्व जोखिम भएपनि अवसरहरु प्रसस्त छन्,जहाँ जोखिम हुन्छ त्यही नै अवसरले  एक्टिभ हुन प्रेरीत गर्दछ । पर्यटन जस्तो सेवामूलक उद्योगमा  महिलाको नेतृत्वदायी सहभागिता भएन भने महिलाले भोग्न परेको सममस्या ओझेलमा पर्दछ, यतिमात्र होइन, पर्यटन उद्योग आर्थिक विषयसंग जोडिएकोले आर्थिक रुपले कमजोर महिलाको आर्थिक जीवन रुपान्तरणको लागि पनि नेतृत्व लिनु आवस्यक छ । नेतृत्वदायी भूमिकालाई निभाउदै स्थानीय सीप कला दक्षता भएका महिलाहरुलाई पर्यटन शिक्षाको सचेतीकरण गरि उनीहरुको आर्थिक स्तर उकास्न सकिन्छ । एउटी आमालाई शैक्षिक, आर्थिक रुपले बलियो बनाउनु भनेको परिवार नै समृद्ध हुनु हो, परिवार समृद्ध भए समाज अनि देश नै समृद्ध हुन्छ  । तर पर्यटन क्षेत्रमा आउने महिलालाई कतिपय प्रवृत्तीहरुलाइले जति डर देखाएको छ,त्यस्तो छैन । महिलाहरुले मजाले काम गर्न सक्छन् आर्थिक जीवनमा सुधार, सामाजिकक्षेत्रको विकास, व्यक्तिगत जीवनमा सुधारसंगै  राष्टको विकासमा पहरेदार बन्ने अवसर हुन्छ ।
 इन्देणी - ग्रामीण पर्यटनलाई विकास गर्न र्याफिटीङ उद्योगको कस्तो भूमिका रहला .
रिता-  नेपाल आफै गाँउ प्रधान देश भएकोले नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्न आवस्यक छ, करिब ८० प्रतिशत मानिसहरु गाँउमा बसेर जीवन यापन गरिरहेका छन्, स्थानीय कला सम्पदाहरुको संरक्षण पनि गरेका छन् सांस्कृतिकदेखि पर्या क्षेत्रका संरक्षण संम्वद्र्धनमा उनीहरुको उल्लेखिय भूमिका छ, तसर्थ गाँउ पर्यटनलाई प्रवद्र्धन गर्न राज्य निजी क्षेत्रले अझै जोड गर्न आवस्यक छ, यसमा पनि जलयात्रा(¥याफिटङ) झनै ग्रामीण पर्यटका गतिलो आधार हो, स्थानीय सीपको उपयोग गरि स्थानीय युवाहरुलाई परिचालन गरि उनीको जीवन सुधार्न सकिन्छ । यस अर्थमा ग्रामीण पर्यटनको विकास गर्न जलयात्रा(¥यापिट्रङको ठूलो भूमिका छ ।

इन्द्रेणी - इन्धन अभावले Rafting  उद्योगमा कत्तिको असर गरेको छ ?
रिता- देशलाई नकारात्मक प्रभाव पारेको बेला जल पर्यटन विकासमा पनि नकारात्मक असर परेको छ, गेष्टहरुलाई सम्बिन्धित गन्तव्यमा पुराउने यातायात क्षेत्रदेखि होटेल्स् र रेष्टुराँ सबै ,क्षेत्र नराम्ररी प्रभाविवत हुँदा यो व्यवसाय लाई पनि धक्का लागेको छ । भूकम्पले थलिएको बेलामा अघोषित नाकाबन्दी, बन्द हड्ताल जस्ता अप्रिय गतिविधिले यस क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । यसका कारण  पर्यटनको विश्व बजारमा असुरक्षा, अभावको गलत सन्देश गएका छन् । जसले गर्दा राज्यको आर्थिक विकासको मेरुदण्ड पर्यटन पनि धराशायी बन्दै गएको सरकारले कुटनीतिक तथा राजनैतिक  पहलबाट यस्ता विद्यमान समस्या हल गरि पर्यटन क्षेत्रलाई उभो लगाउन विशेष प्राथमिकरण गर्न आवस्यक छ ।

इन्द्रेणी -अन्तमा केही भन्नु छ ।
रिता- विशेष गरि महिलाहरुलाई भन्न चाहान्छु, पर्यटनको क्षेत्रमा पनि हामी  व्यवसायीक नेतृत्व लिन अग्रसर होऔ, पर्यटन क्षेत्र नै सेवामूलक उद्योग भएको र महिला नै विशेष केन्द्रीत हुने भएकोले हामीले हाम्रा सम्पदाहरुको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गरौ र आफू आत्म निर्भर बनौ अनि मुलुकलाई पनि समृद्ध बनाउ आज होइन अहिलदेखि नै पहल गरौ भन्न चाहान्छु । साथै पर्यटन क्षेत्रको विषयमा मलाई विचार राख्न दिनु भएको तपाई र तपाईको सम्पादन परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.