इन्द्रेणी सम्वादाता
मंसीर १ दाङ । राप्ती समाज काठमाडौले बर्षेनी प्रदान गरिदै आएको राप्ती म्युजिक अवार्ड अन्तर्गत नवगायक राप्ती अवार्ड दाङका मोडल तथा लोकदोहोरी गायक बिक्रम थापाले जितेका छन ।राप्ती समाज काठमाण्डौले सोमबार घोराहीमा गरेको चौथो राप्ती म्यूजिक अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।
नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आम दर्शक सामु लोकप्रिय बनेका गायक थापाले सिनेमाको हिरो गितका लागी यो अवार्ड हात पारेका हुन्। नेमाको हिरो, आत्मा जलाइ जलाइ लगायतका करिब डेढ दर्जन बढी गीतहरुमा आवाज दिएका थापाले नवकलाकारहरुलाइ प्रोत्साहन गरेको बताए यस्ता कार्यक्रमले सर्जकहरुको उच्च सम्मान भएको प्रतिक्रृया दिए ।
कला क्षेत्रमा साधना गरि प्रतिस्पर्धामा आउन सकिने बताए । कलाकारको प्रेरणाको लागि अवार्डको निकै महत्व हुने भएकोले अवार्ड प्राप्तीको लागि साधनामा लाग्न सुझाव दिए । कला संगीतमा सफलता हात पार्न लगाव साधनाको निकै महत्व हुने भएको भन्दै यसतर्फ कलाकारीतामा प्रवेश गरेकाहरुले मनन् गर्न सुझाए ।





