दाङको घोराही नगरपालिका ७ मा पर्ने बाह्रकुुने दह एक धार्मिक पर्यटकीय गन्तव्य हो, आज भन्दा सयौ वर्षदेखि बाह्रकुुने दहका बराह देउताको पूूजा गरिदै आएको छ । दहको छेउमा पाँच देवी देवताका मन्दिरहरु छन् । मन्दिरमा वर्षेनी पुुुजा पाठ गरिने भएपनि विशेष पौषको अन्तिम सातादेखि माघको पहिलो हप्तासम्म ठूूलो मेला लाग्ने गर्दछ यहाँ । बराह देउता खुुशी भए मनोकाक्षाँ पुुरा हुुने धार्मिक विश्वास छ । एक विगाह क्षेत्रफल भएको दह १५ फूुट गहिरो छ । दहको मनोरम दृष्य अनि डुुँगा विहार र बराह देउताको पूूजापाठसंगै विशेष खालका वन भोज कार्यक्रम यहाँ हुुने गर्दछन्।
धार्मिक तथा पर्यापर्यटकीय कोणबाट मध्यपश्चिमकै एक गन्तव्य बाह्रकुुने दह आन्तरिक व्यवस्थापन र जिम्मेवारहरुको कम ध्यान पुुग्दा पर्यटन प्रवद्र्धनमा समस्या देखिन्छ। यसबाट दह संकटमा पर्ने र धार्मिक आस्थाका धरोहरहरु मर्मतको अभावमा भत्किदै जाने पक्का छ ।
![]() |
| धनिराम शर्मा(ऋतुविचार) |
हुुन त बाह्रकुुनेमा वार्षिक दश लाख आन्तरिक आम्दानी हुुन्छ, ५५ हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिर र दहको परिसरमा मनोरम स्थानहरु छन् जहाँ वन भोज जस्ता कार्यक्रम हुुने र्दछन् त्यो पनि मन्दिरको आयश्रोत हो । बाह्रकुुने दहको पर्यटन विकासका लागि पर्यटन कार्यालय भैरहवाले दश लाख, जिविस दाङले पन्ध्र लाख र नगरपालिकाले पनि चार लाख रुपैया सहयोग गरेको तथ्याँक छ । सहयोगबाट केही भौतिक पूूर्वाधारलाई व्यवस्था गर्ने काम पनि भएका छन् तर पूूर्वाधारहरुको उचित व्यवस्थापन हुुन नसक्ता पर्यटकीय गन्तव्य पर्यटकका लागि सन्तोष लिने ठाँउ बन्न सकेको छैन ।
घर्तीमगर मात्र पुुजारी हुुन पाउने बाह्रकुुने दहमा वर्षमा एक पटक मेला लाग्छ, मेलामा ४ हजार बढी भेडा बोकाको बलि दिइन्छ, त्यसबापत शुुल्क लिइन्छ, भने दहको कम्पाउण्ड क्षेत्रबाट वन पैदावर विक्रीबाट पनि आम्दानी हुुने गर्दछ । तर आन्तरिक व्यवस्थापन हुुन नसकेको दह मन्दिर व्यवस्थापनका जिम्मेवारहरु नै स्विकार्छन । सरकारी तहबाट सहयोग भएपनि श्रोतको सदुुपयोग हुुन नसक्ता समस्या आएको बाह्रकुुने दह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेमन बुुढामगर यस्तो बताउछन् । यसका लागि स्थानीयहरुको पनि जिम्मेवारी भएको उनले बताए ।
पर्यटकका लागि घोराहीमा व्यवस्थित होटेलहरु छन्, पर्यटकहरुको आगमन पनि राम्रै छ । तर दहकोे झार झ्याउको सफाई र मन्दिरको मर्मत संभार गर्न सकिएको छैन उनले भने । पहिलेको समितिले श्रोतको सही व्यवस्थापन गर्न नसक्ता सुुधार हुुन नसकेको उनको दावी छ । पर्यटकीय हिसाबले दाङको सबै भन्दा बढी पर्यटकको नजर बाह्रकुुनेमा पुुग्ने गरेको उनले बताए । पूूर्वाधारका लागि नेपाल पर्यटन बोर्ड जिविस दाङ र घोराही नगरपालिकाको विशेष सहयोग रहेको समेत जानकारी गराए ।





