ऐतिहासिक सांस्कृतिक महत्व बोकेको गजुलकोट दरबार पर्यटकीय गन्तव्य हो । नेपाल एकिकरणपूर्व बाइसे राज्यको रुपमा चिनिने दरबार रोल्पा जिल्ला गजुल गाविसमा पर्दछ । सुलिचौरदेखि करिब १८ किलोमिटर सडक दुरीले पश्चिम उत्तरमा पर्ने दरबार गजुल गाविस ६ मा पर्दछ, ऐतिहासिक महत्व रहेको दरबार इतिहास अध्ययनताको गतिलो गन्तव्य हो, यद्यपी यसको संरक्षण संवद्र्धन र प्रवद्र्धन हुन नसक्ता ओझेलमा परेकोे स्थानीय बताँ्उछन ।
![]() |
| धनिराम शर्मा( ऋतुविचार) |
वि.सं. १८४३ मा दामोदर पाण्डे नेतृत्वको गोर्खाली फौजले आक्रमण गरेको थियो । गोर्खाली फौंजसंग यीनले आत्मसर्मन नगरि युद्ध गरेका थिए । युद्धमा उनले वीर गति प्राप्त गरेको प्राप्त वंशालीमा उल्लेख छ । तर ऐतिहासिक कालखण्डको परिचय बोकेको दरबारको महत्व भएपनि सम्बन्धित निकायको ध्यान नपुग्दा इतिहास हराउदै गएको स्थानीय अगुवाहरु बताँउछन् । स्थानीय अगुवा नारायण सुवेदीले ऐतिहासिक महत्वको गन्तव्य भएपनि जिल्ला र केन्द्रले वास्ता नगर्दा सम्पदाहरु हराउँदै गएको बताउनु भयो । पुरातात्विक विभागले अध्ययन गरेपनि यसको जिर्णाेद्धार र प्रवद्र्धनात्मक काममा वास्ता नगरेकोले ओझेलमा परेको दाबी गर्नुहुन्छ सुवेदी ।
![]() |
| ऐतिहासिक ताम्रपत्र |
तुथासेन निकै धार्मिक व्यक्तित्व थिए जाजरकोट जुक्तिपुरका राजा भएका उनको भाईको मृत्यूपछि विधवा भाइ बुहारीलाई विवाह गराउनुर्छ भन्ने बाध्यता गराउन थाले पछि उनी विरक्तिएर हिडेका थिए । सोही क्रममा उनी गजुलकोटमा राजगुण भएका व्यक्ति खोजी भइरहेका बेला चौतारिमा आइ बसेका थिए । काजीहरुको अनुरोधमा उनी गजुलकोटका राजा भएको थिए । गजुलकोटको राजा भएका तुथासेनले रुकुमदरिजेनम राजाकी छोरी तुम्वावतिसंग विवाह गरेका थिए । तत्कालीन गज्ुल राज्य अन्तरगत १८ गाँउहरु रहेका थिए, उनको पाँच पुस्तापछि धैर्यपाल राजा भएका थिए, उनका भाई कर्णपाल खुंग्रीकोटका राजा भए, एकिरणपछि खुंग्रीकोटका अन्तिमराजा फत्तेप्रचण्डबहादुर सिहँ हुन् उनको मृत्यू विसं २०४९ मा भएको हो एकिकरणपछि सरकारी भत्ता पाउने उनै सिहँ हुन् ।
पुरातात्विक विभागले यसको सामान्य अध्ययन गरेपनि यसको प्रवद्र्धनात्मक काम गर्न कुनै निकायले चासो देखाएको पाइदैन । कसैको चासो नहुँदा ऐतिहासिक महत्वको सम्पदा बेखबर जस्तै भएको छ । दरबार परिसरमा तत्कालीन समयमा राजाले निर्माण गरेका हतियारहरु छन् पुर्ननिर्माण गरिएको दरबार छ । पुरानो इतिहास बोकेको दरबार र दरबारमा मौजुदा ऐतिहासिक सम्पदाहरु हराउने अवस्था छ, त्यस्लाई जोगाउन स्थानीयहरु लागे पनि सरकारी तहबाट खासै पहल हुन सकेको छैन । यद्यपि गजुलबाट प्रतिनिधित्व गर्दै राज्यको निकायमा पुग्नेको कमी छैन तर आफ्नै घर आगनको सम्पदा गुमनाम बन्दा पनि वास्ता नगरेको स्थानीयको आरोप छ । करिब २० रोपनी क्षेत्रफल ओगटेको दरबारको आन्तरिक स्थायी श्रोत नभएको स्थानीले बताएका छन् । कुनैपनि निकायको बेवास्ताका कारण लोप हुदै गएको स्थानीय वुद्धिजिवि दामु मर्सिफूल बताउनु हुन्छ । नेपाल पर्यटन बोर्ड, संस्कृति तथा पर्यटन मन्त्रालय इत्यादीले कुनै वास्ता गरेकाछैनन् राष्टिय सम्पदाको हैसियत राख्ने दरबारको लेखाजोखा गर्न राज्य तहबाट पहल भए आन्तरिक तथा बाह्य पर्यटकको गतिलो गन्तव्य बन्न सक्ने मर्सिफूल बताउनुहुन्छ ।
तत्कालीन समयमा सात सय सखी, आठ हजार बुढागाँउ, नौसय माडीखोला, रोल्पा, बाइसखुवार कालाशेष थुप(मौजा)का नामले चिनिन्थे । हालको रोल्पामा रहेका ऐतिहासिक महत्वका मूर्त या अमूर्त सम्पदाहरु रहेपनि स्थानीयको जाँगर कमी हुनु र सरकारी तहबाट कम वास्ता हुँदा सम्पदाहरु पर्दाभित्रै छन् । संस्कृति विज्ञ डा. शिवकुमार सुवेदीले स्थानीयको कम चासो र राज्यको ध्यान नपुग्दा ऐतिहासिक सम्पदाहरु ओझेलमा परेको बताउनुभयो । स्थानीय संरक्षण संवर्धनसंगै सम्बन्धित निकायको ध्यान आकर्षण गराउन नसक्दा राज्यपनि बेखबर बनेको टिप्पनी गर्नुभयो । विशेष गरी जिल्ला विकास समितिले मूर्त या अमूर्त सम्पदाहरुको संरक्षण संवर्धन गर्न संग्राहलयको निर्माणका लागि नीति तथा कार्यक्रम बनाउन नसक्नुले पनि रोल्पाका यस्ता सम्पदाहरु खेर गएको डा. सुवेदीको भनाइ छ । खुंग्रीकोट गजुलकोट जंकोट जस्ता सांस्कृतिक गन्तव्यहरुमा पाइएका सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको भूमिका निकै महत्व हुने भएकोले यस्ता सम्पदाहरको महत्वको बारेमा सचेतिकरण आवश्यक भएको सुवेदीले बताउनुभयो ।
हो, ऐतिहासिक सांस्कृतिक, युद्ध पर्यटन, पर्यापर्यटन , साहसिक र धार्मिक गन्तव्यहरु रोल्पामा पर्याप्त भएपनि जिम्मेवारहरुले ध्यान दिनसके पर्यटन बजारमा खपत हुन सक्ने सम्भावना भएको पर्यटन जानकारहरु बताउँछन ।









