ताजा अपडेट

...


भाइटीका, उत्तम साइत ११: ५५ बजे




इन्द्रेणी समाचारदाता 
२७ कात्तिक,  दाङ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
                       दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिइन्छ ।
                       भाइटीकाको साइत मध्याह्न ११: ५५  मा उत्तम छ । टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

                       आजत भाइटीकाको दिन मात्र खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.