कार्तिक २६ घोराही दाङ
सामान्य प्रशासन मन्त्री रेखा शर्माले विद्यमान समस्या समाधान गर्न राष्ट्रिय एकताको आवस्यक भएको बताउनु भएको छ । राष्टिय एकताविना राष्टिय अखण्डता स्वतन्त्रता, सावैभौमिकता स्वाधिनात र स्वाभिमानको रक्षा गर्न नसकिने बताउनु भएको छ । आज घोराहीमा नेपाल पत्रकार महासंघले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।।
संविधान निर्माणको बेला जस्तै मुख्य दलहरुबीचको एकता आवस्यक भएको औल्याउदै मुलुकले भोगिरहेको नाकाबन्दी मधेश आन्दोलन र भुकम्प पीडितको समस्या हल गर्नका लागि एक जुट हुनुको विकल्प नभएको प्रष्ट्याउनु भयो । देशभर मुलुकको स्वाधिनताको लागि आम नागरिकले देखाएको धैर्यताप्रति सरकार सदैव प्रशंसा गर्ने बताउदै उर्जा समाधानको विकल्पका लागि सरकारले विभिन्न उपायहरु अबलम्बन गरको जानकारी दिनु भयो ।
विेगतमा हाम्रो उर्जाको विषयमा सोच्न नसक्नु ःगम्भीर गल्ती भएको चर्चा गर्दै त्यसको परिणती अहिले देशले दुःख पाएको बताउनु भयो । विद्यमान समस्या हल गर्न समग्रतासहितको नयाँ प्याकेजको योजना आवस्यकता भएकोले सरकार त्यसतर्फ केन्द्रित भएको बताउनु भयो । सरकारी वार्ता टोली सदस्य समेत रहनु भएकी मन्त्री शर्माले मधेशी दलसंगको बार्ता सकारात्मक दिशातर्फ गएकोले समस्या चाँडै समस्या हल हुने विश्वास व्यक्त गर्नु भएको छ । सिंमाकन बाहेक सबै कुरा मिलेको बताउदै राष्टिय राजनैतिक सहमतिका आधारमा सिमाँकनको टुंगो लगाउन सरकार प्रयत्नशिल रहेको दावी गर्दै मधेशमा उठेको आवाजको पनि सम्बोधन हुने बताउनु भयो । बिरगंजको एउटा घटनालाई लिएर बार्ता र संवादबाट बाहिरिनु कुनै जिम्मेवार आन्दोलनरत दलले गर्न नहुने भन्दै धैर्यता र जिम्मेवारीलाई आत्मसाथ गर्दै संवादमा बस्त मधेश केन्द्रीत दललाई आग्रह गर्नुभयो ।
आन्दोलनरत दलहरुले पनि जिम्मेवारीका साथ आन्दोलन रोकेर नभए आन्दोलनको स्वरुप परिवर्तन गरेर बार्ता र छलफलमा बसी समस्या हल गर्न आग्रह गर्नु भएको छ । एमाओवादीको केन्द्रीय सदस्य समेत रहेकी मन्त्री शर्माले सरकारले विशेष निर्णय गरि भारतसंग थप कटनीतक छलफलको माध्यमबाट आयातमा सहजता ल्याउन पहल गरिरहेको जानकारी दिनु भयो
फरक अर्काे प्रसंगमा मन्त्री शर्माले विद्यमान कर्मचारी संयन्त्रमा आमूल सुधारको खाँचो रहेको औल्याउनु भयो । नागरिकमा सुशासनको अनुभूति दिन कर्मचारी संयन्त्रमा सुधारको आवस्यक भएको उहाँको कथन छ । मुलुकको संघात्मक संरचनासंगै कर्मचारी संयन्त्रमा पनि व्यापक हेरफेर हुने चर्चा गर्दै मुलुलकले संघीय प्रादेशीक सरंचनाबाट परिवर्तनको अनुभूति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कर्मचारी संयन्त्रलाई चुष्टदुरुस्त बनाउन नयाँ नीति र कार्यक्रम आवस्यक भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कर्मचारी संयन्त्र स्थायी सरकाय भएकोले यसको सुधार विना नागरिकले सेवा सुविधा र सुशासनको अनुभूति हुन नसक्ने उनीहरुले दावी गरेका छन् । देशले विषयम परिस्थितिको सामना गरिहेको प्रति टिप्पणी गर्दै सरकारले कुटनीतिक पहलबाट समस्या हल गर्न आग्रह गरे । राष्टियतालाई ख्याल गर्दै इन्धनका समस्या समाधानको उचित विकल्प खोज्न ढीलो गर्न नहुने सुझाव दिएका छन् । असहज अभावभित्र पनि नागरिकले सरकारलाई साथ दिएको बताउदै गम्भीररुपले मनन् गर्न आग्रह गरे । उचित माग भन्ने विषय नै गम्भीर भएको बताउदै कस्तो उचित कस्तो अनुचित यसको पहिचान गरी समस्यालाई हल गर्न राज्यले ढीला गर्न नहुने प्रेस काउन्सीलका निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो । यतिबेला हलाना फलाना पाटी विशेषको कुरा गर्ने समय नभएको भन्दै राष्टियताको पक्षमा अग्रसरताका लागि सबै एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । देशका समस्या समाधान गर्न कुनै दल मात्र होइन समग्र नागरिकको पनि दायित्व भएकोले देशको राष्टियताको विषयमा सबैले पहलकदमी लिनु पर्ने आवस्यकता औल्याउनु भयो ।
नेपाली कंग्रेस साँसद अनिता देवकोटाले आत्मनिर्भरतासहितको आर्थिक विकासका लागि नयाँ एजेण्डा आउनु पर्ने बताउनु भयो । सिमाँकनका नाँउमा भएको मधेश आन्दोलनले समस्या समाधान नहुने भन्दै आन्दोलनरत पक्षहरु मुलुकको संकटप्रति गम्भीर हुन आग्रह गर्नु भयो, साथै सरकारले पनि जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न सुझाव दिनु भयो । संविधान असंशोधनीय नभएको चर्चास गर्दै संशोधनको माध्यमबाट समस्या हल गर्न सकिने विचार राख्नु भएको छ । विकास र समृद्धिको लागि कंग्रेस जिम्मेवार भएकोले प्रतिपक्ष दलले रचनात्मक सहयोग गर्ने आश्वान दिनु भयो । दाङलाई प्रादेशिक राजधानी बनाउन सकिने भएपनि यसको निक्र्यौल देशको असहज परिस्थितिको अन्त्यपछि माहोल बन्ने र त्यसका लागि यस क्षेत्रका दल र जनप्रतिनिधीहरुले विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
एमाले सांसद अनारकली मियाले कर्मचारी संयन्त्रमा समस्या भएको चर्चा गर्दै सरकारले सुधारको कार्यक्रम ल्याउन आवस्यक भएको औल्याउनु भयो । विगतका मन्त्री लालबाबु पण्डितले गरेका कामको स्मरण गर्दै सिर्जनशिल काम गरे नागरिकलाई सकारात्मक सन्देश दिन सामान्य प्रशासन मन्त्री रेखा शर्मालाई सुझाव दिनु भएको छ । वर्तमान सरकारबाट नागरिकले सुशासनको अपेक्षा गरेकोले त्यसलाई साकार पार्न मन्त्रीको विशेष भुमिकाको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधी नागरिक समाजका अगुवा संचार संगठनका अगुवाहरुले विचार व्यक्त गरेका थिए । कार्यक्रममा संविधान निर्माणमा योगदान गरेको भन्दै मन्त्री शर्मालाई सम्मान गरिएको थियो । महासंघ अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासंघ सहसचिव डिल्ली मल्लले संचालन तथा सचिव गजेन्द्र बोहराले स्वागत मन्तव्य राख्नु भएको थियो ।






