ताजा अपडेट

...


देवकोटाको घरलाई सङ्ग्रहालय बनाउन पहल



इन्द्रेणी सम्बाददाता 
काठमाडौंँ, ५ मङ्सिर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औ जन्मजयन्तीको अवसरमा आज यहाँ करिब ६० कविले भारतले थोपरेको नाकाबन्दीको खुलेर विरोध गर्दै कविता वाचन गर्नुभयो ।

विशाननगर पुस्तकालयले आयोजना गरेको उक्त कार्यक्रममा बेञ्जु शर्मा, कोषराज न्यौपाने, रामबहादुर पहाडी, विजयध्वज थापा, ज्ञानुवाकर पौडेल, सुमी लोहनी, मनोज न्यौपाने, प्रभा भट्टराई, लगायत कविले कविता वाचन गर्नुभयो ।

नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देवकोटाको घरलाई परिवारले सहमति दिएमा सङ्ग्रहालय बनाउन सरकारलाई प्रस्ताव गरिने बताउनुभयो ।
वरिष्ठ साहित्यकार रोचक घिमिरेले देवकोटाको निवासस्थललाई सङ्ग्रहालय बनाउने भनिएको भए पनि सरकारले आवश्यक चासो देखाउन नसकेकाले काम सुरु हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य, पूर्वअध्यक्ष गणेश श्रेष्ठ, पूर्वउपाध्यक्ष उत्तम शर्मालगायतले महाकविको योगदानलाई नयाँ पुस्तामा स्मरण गराउनका लागि सरकारले उहाँको नाममा अध्ययन तथा अनुसन्धान गर्ने ट्रस्ट स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.