इन्द्रेणी सम्बाददाता
वीरगन्ज, ५ मङ्सिर । गहु“ छर्ने समयमा रासायनिक मलको चरम अभाव भएपछि अहिले मध्य तराईका कृषक समस्यामा परेका छन् ।
वीरगन्जको सुख्खा बन्दरगाहमा थन्किएको रासायनिक मल मध्यतराईका बारा, पर्सा र रौत्तहटसम्म ढुवानी हुन नसकेपछि यस क्षेत्रमा अभाव सिर्जना भएको कृषि सामग्री कम्पनी लि वीरगन्जले जनाएको छ ।
किसानले धान भित्र्याएपछि आलु, गहु“का साथै अन्य खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मलको माग गर्न थालिएको जिल्ला कृषि विकास कार्यालय पर्साका सूचना अधिकृत मुन्नीलाल प्रसादले बताउनुभयो ।
यस वर्ष पर्याप्त वर्षा नभएका कारण धानको उत्पादन घट्ने सम्भावना बढेपछि बारा, पर्सा र रौतहटका किसानले गहु“खेतीतर्फ बढी आकर्षित भएका छन् । तर गहु“ खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव भएपछि यसले गहु“को उत्पादनमा समेत प्रतिकूल प्रभाव पार्ने जिकिर किसानको छ ।
रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् तर मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण ढुवानीमा समस्या उत्पन्न भएपछि रासायनिक मल बजारसम्म पुग्न नसकेको भनाइ वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको छ ।
लगातारको लामो बन्द, हडताल र नाकाजामका कारण रासायनिक मलको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा मलको अभाव हुन थालेको छ। बन्दका कारण ढुवानीमा समस्या उत्पन्न भएपछि अहिले वीरगन्जस्थित सुख्खा बन्दरगाहमा करिब २५ हजार टन रासायनिक मल थन्किएको अवस्था छ ।
धान र गहु“को दुई याममा गरिने खेतीका लागि मध्य तराईका बारा, पर्सा र रौतहटमा करिब १० हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले जनाएको छ ।
स्थानीयवासी कृषक जयकिशोर यादवले गुणस्तरीय मल नपाएपछि किसानले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने न्यून गुणस्तरको मल प्रयोग गर्न बाध्य भएको बताउ“दै भारतमा प्रतिबोरा भारु आठ सयदेखि एक हजारसम्ममा पाइने रासायनिक मल स्थानीय बजारमा रु दुई हजारदेखि रु चार हजारमा कृषकले खरिद गरिरहेका छन् ।
एकातिर रासायनिक मलको अभाव देखिएको छ भने अर्कोतिर इन्धनका अभावमा ट्रयाक्टरमार्फत खेत जोत्ने कृषकले गोरु जोतेर खनजोत गर्न थालेका छन् । यस वर्ष गहु“ बाली उत्पादन घट्न गई खाद्य सङ्कट सिर्जना हुने बताइएको छ ।