ताजा अपडेट

...


अमानवीय बन्दै आन्दोलन



इन्द्रेणी सम्बाददाता 
 मंसिर, ४ वीरगन्ज । मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधि लोड गरेर राखिएको गाडीमा आगजनी गरेका छन ।

बिहीबार राति एक बजे तिर ओम आश्रम छेउको गोदामबाट लोड गरी जनपुरको नबिनम मेडिकल हलमा लैजानका लागि लोडगरिएको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल छर्किएर आगजनी गरिएको हो । उक्त ट्रकमा अति आवश्यक औषधि भनेर व्यानर लेखिएको थियो ।

आगजनीबाट गाडीमा रहेको २० लाख मूल्य बराबरको औषधि नष्ट भएको प्रहरीले जनाएको छ ।
औषधि बोकेको गाडीलाई प्रहरीको स्कटिङमा शुक्रबार बिहान ११ बजेपछि जनकपुर लैजाने तयारी गरिएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.