रेखा मगर
दाङ, १४ मंसिर। अधिकांश महिलाहरु फुर्सदिला देखिन्छन् । घर भित्रैको काममा सिमित हुने महिलाहरुले अझै पनि बाहिरी सामाजिक बिकास र परिर्बतन देख्न सकेका छैनन् । तर तिनै केही महिलाहरु उदाहरणको रुपमा सडक र समाजमा निस्केर आयआर्जनको बाटो खोजेर पौरखी बनेका छन् ।
कैयौ महिला फुर्सदिला बन्दै जादा सधै अरुको भरमाबाँच्नु पर्ने छ भने केही महिलाहरु आत्मनिर्भर हुने बिकल्पको खोजीमा चुलो चौको देखी बाहिर आएका छन् । तिनै पौरखी बन्दै गएका महिलाहरु मध्य घोराहीको ट्राफिक चोकमा सडक पेटिमा व्यापार गर्दै आएका दुई महिला एक उदाहरण हुन् ।

दाङ रामपुरकी निर्मला पुन र सौडियारकी निर्जला विक अहिले सिजन अनुसारको व्यवसाय गरेर राम्रो आम्दानी गर्दै हुनुहुन्छ । आफुमा भएको सीपलाई प्रयोग गर्दै आत्मनिर्भर वन्ने अभियानमा हुनुहुन्छ निर्मला र निर्जला । अहिले घोराहीमा बस्दै आउनु भएका निर्मला र निर्जला केहि वर्षदेखी ट्राफिक चोकको सडमै बसेर सिप बेच्दै हुनुहुन्छ ।
सडकको धुलो पन्छाएर सडक छेउमा हिजोआज फलफुलको व्यापार गर्दै आउनुभएका निर्मला र निर्जलाले एक काम दुई पन्थ भनेझै एक छिन पनि फुर्सदमा बस्नुहुन्न । पौरखी र सृजनशिल बन्ने अठोटमा रहनुभएको उहाँहरुले फलफुलको व्यापार सँगै टोपी, गलवन्दीर स्वीटर जस्ता न्याना कपडा पनि बुन्दै र बिक्रि गर्दै आउनुभएको छ । श्रीमानले होटल र आफुले व्यापार गर्दै आएको वताउने निर्मलाले विहानको समय होटल र दिउसोको समय व्यवसायलाई दिदै आएको वताउनुभयो ।
अर्का उहाँका सहपाठी हुनुहुन्छ निर्जला । ४५ वर्षकी निर्जला एकलमहिला हुनुहुन्छ । परिवारको पालनपालन र घर व्यबहार चलाउने जिम्मा उहाँको छ । परिवारको भबिष्य र आफ्नो जिवन बचाउनका लागि सडकमै धुलो पन्छाएर व्यापार गर्दै आएको बताउनुहुन्छ निर्जला ।आफु आत्मनिर्भर भएमात्रै परिवारीक मेल र आर्थीक अबस्था सुधार हुने उहाँको बुझाई छ । सडकको व्यापारमा समेत नाकाबन्दीले असर गरिरहेको उहाँहरुको दुखेसो छ । निर्जला र निर्मला त उदाहरको पात्रमात्र हुनुहुन्छ । पछिल्लो समय महिलाहरु विभिन्न पेशा तथा व्यवसायमा आवद्ध हुँदै गएका छन ।
आफ्नो खुट्टामा आफै उभिन सक्नु पर्छ भन्ने हिम्मत लिएका धेरै महिलाहरु बिभिन्न पेशा व्यवसायमा आबद्ध भएर आत्मनिर्भर भएका छन् । यसरी विभिन्न पेशा व्यवसायमा हात हाल्ने र पौरखीबन्ने आँट गर्नेलाई सम्मान र सरकारले लगानीमा सहयोग गर्न आबश्यक छ ।