![]() |
| तालिम उद्घाटन गर्दे लक्ष्मीपुर गाविस सचिब पुनाराम गिरी |
दाङ, ईक्वल एक्सेस नेपालको आर्थिक सहयोग एवं लक्ष्मीपुर रेडियो श्रोताकल्बको आयोजनामा चार युवा युवतिका लागि क्षमता बिकास सम्बन्धि तालिम दाङको लक्ष्मीपुरमा सुरु भएको छ । तालिम उत्घाटन गर्दे गाविस सचिव पुनराम गिरीले स्थानिय निकायमा महिला तथा युवा युवतिको सहभागिता कम भएकाले सक्रिय सहभागिताको आबश्यकता रहेको बताउँनुभयो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका गाविस गिरीले स्थानिय निकाय गाविस एवं नगरपालीकाहरुमा युवाहरुको पहुच नपुग्दा धरै अबसरबाट बञ्चित भएको बताउँदै तालिमले सक्रिय सहभागिताका लागि सहयोग पु¥याउने बताउँनुभयो । रेडियो श्रोता कल्बका अध्यक्ष अन्जु नेपालीको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकार महासंघ दाङ सदस्य एवं प्रशिक्षक जनक नेपाली श्रोता कल्ब सदस्य बिनीता चौधरी लगाएतले बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा सामुदायिक अनुसन्धानकर्ता मधु नेपाली र गिरीराज नेपालीले ईक्वल एक्सेस नेपालका कार्यक्रमा बारेमा जनकारी दिनुभयो । कार्यक्रमको सञ्चालन श्रोताकल्बका सदस्य अनिता सुनारले गर्नुभएको थियो तालिममा झण्डै ४० जनाको सहभागिता रहेको थियो ।





