ताजा अपडेट

...


चाँडै समस्या समाधान हुन्छः प्रधानमन्त्री




प्रधानमन्त्री केपी शर्मा ओली 
इन्द्रेणी समाचारदाता
काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विद्यमान समस्या चाँडै समाधान हुने बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आज सिंहदरबारमा संयुक्त ज्ञापनपत्र बुझ्दै उहाँले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरुले भारतसँग सम्बन्ध बिगार्न नचाहेको तर कुनै पनि दबाब, प्रभावमा नझुक्ने बताउनुभएको युवा सङ्घका अध्यक्ष उकेश कवांले भन्नुभयो ।

आठबुँदे सो ज्ञापनपत्रमा भारतको अघोषित नाकाबन्दीविरुद्ध नेपाल सरकारको अडानलाई थप दृढतापूर्वक निरन्तरता दिई कुनै पनि अवस्थामा नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा झुक्न नहुने, नाकाबन्दीका कारण चुलिएको कालाबजारी र भ्रष्टाचारको तत्काल नियन्त्रण गरी उत्तरी नाका खुलाउनका लागि चाँडो पहल गर्नुपर्नेलगायत रहेका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.