ताजा अपडेट

...


भारतिय ट्रकमा आगो लाग्यो



इन्द्रेणी समाचारदाता
दाङ, २३ कार्तिक ।  दाङमा आज भारतिय नम्बर प्लेटको ट्रकमा आगो लागेको छ । घोराही - लमही सडक खण्डको लक्ष्मीपुर १ चौपट्टामा युपी ५५ टी ४०२५ नम्बरको ट्रकमा आगो लागेको हो । भारत महाराजजंग काशिनगरबाट घोराही केरा ल्याएर आएको ट्रकमा फर्कने बेला आगो लागेको हो ।

चौपट्टामा ट्रक रोकेर केराका डाँठ र पात फाल्ने क्रममा आगो लागेको थियो । भारत बडनी घर भएका २९ बर्षिय ट्रकका चालक सुकदेब यादबले भने ५ जनाको संख्यामा आएका व्यक्तिहरुले ट्रकमा आगजनी गरेको बताउनुभएको छ । भारत सरकारले डिजेल र पेट्रोल दिन किन रोकेको भन्दै क्याबिन र टायरमा पेट्रोल छर्केर आगो लगाएको चालक यादबको भनाई छ ।

ट्रकमा आगो लागेपछि चालक र सह चालक ट्राफिक प्रहरी कार्यालयमा आएर खबर गरेपछि प्रहरी सहित दमकल घटना स्थलमा पुगेको थियो । आगो निभाए पनि ट्रक पूर्णरुपमा जलेको छ । 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.