![]() |
| फाइल तस्विर |
घोराही, कार्तिक २३ । दाङलाई प्रादेशिक राजधानी बनाउन माहोल सिर्जना गर्ने उद्देश्यले देउसीभैलो खेलिने भएको छ ।
समृद्ध दाङ समुन्नत नेपाल अभियान दाङले आजबाट दाङलाई प्रादेशिक राजधानी बनाउन माहोलसिर्जना गर्ने उद्देश्यले भैलो कार्यक्रमको आयोजना गर्ने भएको
छ । बुधवार दिउँसो ४ बजे घोराहीमा भैलोको उद्घाटन गरिनेछ । भैलो अन्तगर्त जिल्लाका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिकसमाज, सञ्चारकर्मी, बुद्धिजीवी, शिक्षक, अधिकारकर्मी, सर्वसाधारणसबैको घरमा चेतनामुलक भैलोगीतसहित भैलो खेलिनेछ । दाङका मुख्य बजार र गाउँमा भैलो टोली जाने कार्यक्रम अभियानले बनाएको छ ।
यसैबीच अभियानका अध्यक्ष संविन प्रियासन र महासचिव केशरमान बिसीले संयुक्त विज्ञप्ति जारी गरी भैलो कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गर्नुभएको छ । बुधवार दिउँसो साढे ३ बजे घोराही–१० स्थित मेवाड कफिहाउसमा जम्मा भएर टोली भैलोको लागि प्रस्थान गर्नेछ ।





