दाङ २४ कार्तिक ।चौपट्टामा सोमबार भारतीय नम्बर प्लेटको ट्रकमा आगो लगाएको जिम्मा बिप्लब नेतृत्वको माओवादीले लिएको छ ।
सोमबार लक्ष्मीपुर १ चौपट्टामा यूपी ५५ टी ४०२५ नम्बरको मिनी ट्रकमा आगो लगाइएको थियो ।
पार्टीका केन्द्रिय सदस्य तथा राप्ती उपव्यूरो इन्चार्ज मोहलाल चन्द ‘आधार’ ले भारतले नेपाललाई गरेको हेपाहा प्रवृतिका विरुद्ध आफ्नो पार्टीको योजना अनुसार आगजनी गरेको बताउनुभयो । घोराहीबाट केरा झारेर कृष्णनगर तर्फ जाँदै गरेको गाडिमा आगो लगाइएको थियो ।
भारतले नेपालीलाई अत्यावश्यक समानको नाकाबन्दी लगाई कुहिएर जाने सामाग्री पैठारी गरिरहेकोले आगो लगाएको उहाँको भनाई छ ।
नाकाबन्दिको विरुद्धमा विभिन्न गतिविधि गरिरहेको माओवादीले नाकाबन्दि भए लगतै भारतिय नम्बर प्लेटका गाडिहरुलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै भारतीय हिन्दि च्यानलहरु प्रशारणमा रोक लगाउने निर्णय सार्वजनिक गरेको थियो ।
पार्टीका केन्द्रिय कार्यक्रम अनुसार नै आगो लगाइएको माओवादीले जनाएको छ । माओवादीले भारतको नाकाबन्दि र यसको समाधानका लागि भारत र नेपाल विच प्रवेश अनुमतिपत्र र श्रम स्वीकृती पत्र लागु गर्नुपर्ने, सिमा सुरक्षा वल गठन गरि प्रयोग गर्नुपर्ने जस्ता कुराहरु उठाउदै आएको छ ।
बिप्लब माओवादी निकट मानिने सल्यानको रेडियो तहल्काकासँग कुरा गर्दै चनदले सो आगलागीको जिम्मा लिएको रेडियोले जनाएको छ ।





