ताजा अपडेट

...


सहकारी समन्वय समिती गठन



इन्द्रेणी सम्बाददाता 

दाङ ४ मङ्सिर ।  छरिएर रहेका सहकारी संस्थाहरुलाई एकिकृत उद्धेश्यले जिल्ला स्तरीय सहकारी समन्वय समिती गठन गरिएको छ । स्थानीय बिकास अधिकारीको संयोजकत्वमा दाङका सरोकारवाला सदस्यहरु रहेको जिल्लास्तरीय सहकारी समन्वय समिती गठन गरिएको हो ।

जिल्ला सहकारी संघको आयोजनामा जिल्लाका सरोकारवालाहरुको भेलाले जिल्ला स्तरीय सहकारी समन्वय समिती गठन गरिएको हो । सहकारीलाई दिगो व्यवस्थापन गर्न र समन्वय गरेर काम गर्ने विषयमा समितीले अग्रणी भुमिका निर्बाह गर्ने अपेक्षा लिएको छ ।

कार्यक्रममा दाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अन्जनकुमार पौडेलले जिल्लामा पाँच सय पचास सहकारी रहेको र ति सहकारीहरुबाट १५ अर्ब रुपैंया भन्दा बढि कारोबार भएको तथ्याङक प्रस्तुत गर्नुभएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.