| फाइल तस्वीर |
मङ्सिर ४ दाङ । थारुहरुले चितवन देखी कञ्चनपुरसम्मका जिल्लामा आन्दोलनलाई थप शसक्त वनाउने भएका छन् । सरकारले थारुको माग पुरा गर्न तर्फ कुनै ध्यान नदिएको भन्दै थरुहट-थारुवान क्षेत्रमा भोली देखी अनिश्चितकालीन आम हड्तालको कार्यक्रम सार्वजनिक गरिएको छ ।
दाङको लमहीमा चितवन देखी कञ्चनपुर सम्मका थारु अगुवाहरु विच भएको छलफल पछी थरुहट-थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन– कञ्चनपुरको नाममा जारी प्रेस विज्ञप्तीमा राजमार्ग केन्द्रित आम हड्ताल सहितका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।
यस अघि थरुहट-थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनलाई अघि वढाउदै आएको थियो । संघर्ष समितिका केन्द्रिय अध्यक्ष धनिराम चौधरी कैलाली घटना पछी लुकेर वसेका कारण आन्दोलन कमजोर भएपछी नयाँ नामाकरण गरी संघर्ष समिति वनाइएको छ ।
थारु आन्दोलनमा सहभागी भएको फोरम लोकतान्त्रिक सरकारमा गईसकेको र यस अघि वनाइएको थरुहट-थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक धनिराम चौधरी भुमिगत अवस्थामा वसेपछी आन्दोलनलाई थप शसक्त वनाउन थरुहट-थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति गठन गरिएको श्रोतले वताएको छ ।




