लिलाधर ओली
सल्यान,४ मंसिर ।सल्यानमा शनिबारदेखि शुरु हुने दोश्रो सल्यानी युवा महोत्सव २०७२ को सम्पुर्ण तयारी पुरा भएको छ । श्रीनगरमा शनिबारदेखि मंशिर १५ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
महोत्सवको शनिवार भव्य कार्यक्रमका विच पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल बाल संगठनले आयोजना गरेको महोत्सवमा प्रदेश नं ६ को शिक्षा स्वास्थ्य , खेलकुद ,जलश्रोत , प्राकृतिक श्रोत साधन तथा कृषिको बिकाशका लागि बिभिन्न विषयका बिज्ञहरुले प्रस्तुत गरेको कार्यपत्रहरु माथि गहन छलफल गरि निस्कर्ष निकाल्ने कार्यक्रम समेत रहेको महोत्सव संयोजक ऋषिकेश जंग शाहले जानकारी दिनुभएको छ ।
महोत्सवमा बिभिन्न स्वदेसी तथा बिदेशी समानहरुका स्टलहरु तयार गरिसकेको पनि उहाँले जनाउनुभयो । यस्तै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुका प्रस्तुति, सल्यानी मौलिक लोक सस्कृति तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहनुका साथै सल्यानका धार्मिक तथा पर्यटकिय स्थलहरु हेलिकप्टरद्वारा अबलोकन गर्ने अबसर समेत महोत्सवमा दर्शकलाई दिइने शाहले जानकारी दिनुभएको छ । त्यस्तै महोत्सवमा प्रयोग हुने हेलिकप्टका लागि अनुमति पनि प्राप्त भएको छ ।