इन्द्रेणी सम्बाददाता
घोराही,४ मंसिर । स्थानीय विकास लागि साझेदारी कार्यक्रम अन्तरर्गत स्थानीय स्तरमा उपलव्ध श्रोत र साधनहरुको माध्यमवाट महिलाहरुको जीवन स्तरमा दिगोपना ल्याउनका लागि दाङका ६ गाविसहरुमा सुशासन तथा महिला शसक्तिकरण कार्यक्रम लागु भएको छ ।
प्याक्ट वल्र्डको साझेदारीमा युएसआइडीको सहयोग अन्तरर्गत व्याकवार्ड सोसाइटी एजुकेशन बेसले हेर्ने गरी बेला,सतवरिया,लालमटिया,सिसनिया,हासिपुर र सौडियार गाविसमा कार्यक्रम लागु हुने साभेदारी परियोजनाका कार्यक्रम संयोजक नरबहादुर चौधरीले जानकारी दिनुभएको थियो । महिलाहरुलाई चेतनशिल बनाउनका साथै आर्थिक रुपमा समेत सक्षम बनाउनका लागि कार्यक्रम सञ्चालन गरिन थालेको कार्यक्रममा जानकारी गराईएको थियो ।
परियोजना अनुसार गाविसहरुमा समतामुलक तथा प्रभावकारी विकास लागि पहुज स्थापना तथा परिचालन गर्न महिलाहरुलाई सशक्त बनाउने कार्यक्रमहरु गरिने भएको छ । जसका लागि छ वटा गाविसहरुमा महिला समुह गठन,समुहका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने,महिलाहरुका लागि साक्षरताका लागि कक्षाहरु सञ्चालन गर्ने,महिलाहरुवाट रकम बचत र परिचालनमा सहयोग गर्ने,महिलाहरुको लागि लद्युविद्य उद्योगहरु सञ्चालनका लागि प्राविधिक सहयोग गर्ने लगाएतका कार्यक्रमहरु रहेको समेत कार्यक्रम संयोजक चौधरीले जानकारी गराउनुभएको थियो । त्यस्तै शुसासन तर्फ गाविसको आय विश्लेषण,गाविस पाश्वचित्र तथा आवधिक गाउ विकास आयोजना तयारी,एकिकृत योजना तर्जुमा समितिको क्षमता अभिवृद्धि,वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रलाई सामाग्री सहयोग गरिने भएको छ । कार्यक्रम १ अक्टोवार २०१५ देखि २०१७ सप्टेम्वर सम्म चल्ने भएको छ ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत जिल्लाका १० गाविसहरुमा कार्यक्रम सञ्चालन भएको थियो । जिल्ला विकास समितिका योजना अधिकृत बाशुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याक्ट वल्र्डका जिल्ला फिल्र्ड अधिकृत बाशुदेव चौधरी,गोविन्द अधिकारी,सौडियार गाविसका सचिव टेकबहादुर खड्का,दाङ प्लसका प्रकाश नेपाली,सतवरिया गाविसका हिरालाल चौधरी लगाएतकाले बोल्नुभएको छ । कार्यक्रमको विषयवस्तुका बारेमा सस्थाका आशाराम चौधरीले जानकारी दिनुभएको थियो ।कार्यक्रमको सहजीकरण सिता विष्टले गर्नुभएको थियो ।





