ताजा अपडेट

...


औषधी आयातामा छुट दिने मोर्चाको निर्णय



इन्द्रेणी सम्बाददाता 
 मंसिर ३ काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ । सिंहदवारमा बसेको मधेसी मोर्चाको  बैठकले मानवीयताको नाताले जनताको जीवनको ख्याल गर्दै औषधी आयातामा कुनै रोकावट नगर्ने जानकारी दिएको हो । 
     
      औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु दिनको समयमा बिराटनगर सीमाबाट ल्याउन दिने निर्णय मधेसी मोर्चाले गरेको  कुरा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
निर्णय पछि मोर्चाका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ - ‘विरामीहरुको स्वाथ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्वन्धि उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो ।’

     यस अघि मधेसकी नेत्री सरिता गिरीले औषधी आयातामा लचिलो बन्न आन्दोलनरत पक्ष लाइ आग्रह गरेकी थिइन्  

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.