घोराही,३ मंसिर । परम्परागत संस्कृति संरक्षणका लागि गठन भएको साँस्कृतिक समुह घोराही दाङले यस वर्षको भैलोवाट संकलित रकम टोलको विकासमा खर्च गरेको छ । घोराही ११ जनप्रतिभा टोलमा गठन भएको समुहले भैलोवाट संकलन भएको रकमले जनप्रतिभा टोलको सडक पोलहरुमा बिजुली बत्ति जोडिएको समुहका अध्यक्ष देबेन्द्र केसीले जानकारी दिनुभयो ।
भैलोवाट संकलन भएको रकम ७८ हजार दुई सय १४ मध्ये तीस हजार बराबरको रकमले गुलरीया पार्क हुँदै रतनपुर पाठक चोकसम्मका सडक पोलहरुमा बिजुली बत्ति जडान गरिएको, तीस हजार रकमका बाद्यबाधनका समान खरिद गरिएको छ । त्यस्तै बचेको १८ हजार रकम भैलोमा संलग्न समुहले पिकिनिक गरेको संस्थाका कोषाध्यक्ष यमबहादुर केसीले बताउनुभयो । विहिवार समुहले पिकनिक तथा भैलो समापन कार्यक्रमको आयोजना गरि उक्त रकमको बारेमा जानकारी दिएको हो ।
कार्यक्रम समुहका अध्यक्ष देबेन्द्र केसीको अध्यक्षतामा भएको थियो । त्यस अवसरमा प्राध्यापक अम्बिप्राद डागी, साहित्यकार श्रीकृष्ण शर्मा, जनप्रतिभा टोल विकास संस्थाका पूर्व अध्यक्ष भोपलाल रोका, विकास नगर टोल विकास संस्थाका अध्यक्ष घनश्याम गिरी, जनप्रतिभा टोेल विकास संस्थाका अध्यक्ष सनम केसी लगाएतले बोल्नुभएको थियो ।
त्यस अवसरमा बोल्ने बक्ताहरुले हराउँदै गएको लोकसंस्कृति संरक्षणमा समूहले खेलेको भूमिकाको प्रशंसा गर्दै अझ सृजनात्मक र परम्परागत संस्कृतिको संरक्षणमा लाग्न अनुरोध गरेका थिए । समूहले रुकुममा प्रचलित सिङ्गारु नाच र सल्यानमा प्रचलित टप्पा नाच प्रदर्शन गर्ने गरेको छ । समूहले प्रत्येक वर्ष संकलित रकमबाट विकास निर्माण र परम्परागत नृत्य र बाद्यबाधनका लागि आवश्यक पर्ने समान खरिद गर्ने गरेको छ । संस्थाका सल्लाहकार भीउसन गौतमको स्वगत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य कपिल पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।






