इन्द्रेणी सम्बाददाता
लमही,३ मंसिर । वार्ताका लागि सरकार उदासिन बनेको निष्कर्ष निकाल्दै थरुहठ÷थारुवान संयुक्त संघर्ष समितिले फेरी कडा आन्दोलनको घोषणा गरेको छ ।
हाल सम्म आँफुहरुसंग वार्ता गर्न चासो नदेखाईएको भन्दै थरुहठले अबको एकमात्रै बिकल्प ‘कडा आन्दोलन’ रहेको घोषणा गरेको छ ।
कडा आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने रणनीतिका साथ अघि बढेको थरुहठले आगामी ५ गतेदेखि पश्चिम तराईमा अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको छ । वुधवार राती अबेर सम्म दाङको लमहीमा चलेको चितवन देखि पश्चिम कञ्चनपुर सम्मका थारु नेताहरुको भेलाले अबको बिकल्प कडा संघर्ष मात्रै भएको निष्कर्ष निकालेको हो ।
यसअघि आन्दोलनलाई रोकेको थरुहठले पुनः आम हड्ताल सहितको कडा आन्दोलनको घोषणा भएपछि स्थानीयमा त्रास छाएको छ । आँफुहरु सरकारसंग वार्ता गर्नकै लागि हदै सम्म लचक भएर आन्दोलनबाट पछि हटेको आन्दोलनकी अगुवा रुक्मिणी चौधरीले वताईन् । थरुहठले दशैँ तिहारको विचमा आन्दोलन रोकेको थियो ।
लमहीमा भेला गरेर आन्दोलन घोषणा गरेको थरुहठले आन्दोलन सफल पार्न थरुहठ क्षेत्रलाई दुई कमाण्डमा विभाजन गरेको छ । चितवन देखि पश्चिम कञ्चनपुर सम्म पश्चिम कमाण्ड र चितवन देखि पूर्वको भुभागलाई पूर्वी कमाण्ड गरि शसक्त आन्दोलनको तयारी थालिएको थरुहठले वताएको छ । ५ गतेदेखि सडक तथा नाकाकेन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको थरुहठले आमहड्तालका क्रममा बिद्यालयका गाडीहरुलाई समेत अवरोध पुर्याउने भएका छ





