![]() |
| गरिबी निवारण कोषको आर्थिक सहयोगमा किनेको बाख्रा देखाउँदै लक्ष्मीपुर १ मेलखोलीकी भीमा बि. क. |
उहाँको ईच्छा तब पूरा भयो जब गरिबी निबारण कोषले बिना धितो क्रण दियो । उहाँले गरिबी निबारण कोषले सञ्चालन गरेको घुम्ति कोष मार्फत क्रण लिएर हाल ब्यबसायीक बाख्रापालन तर्फ अग्रसर हुनुभएको छ । ‘गाउँमा क्रण गराँै भने महांगो पर्छ, बैंकले धितो नभएको भन्दै क्रण दिदैन उहाँले भन्नुभयो ‘गाउँमै बन भएर पनि बाख्रा पाल्न सकिएको थिएन । बल्ल धोको पूरा भयो ।’
लक्ष्मीपुर १ मेलखोलीको ३१ घर रहेको दलित बस्तिका जनता पनि गरिबी निवारण कोष मार्फत क्रण लिएर बिभिन्न ब्यबसायमा जुर्मुराउन थालेका छन । घुम्ति कोष मार्फत सवै घर परिवार कुनै न कुनै आयआर्जन गर्ने लक्ष्यका साथ उनीहरुले दुई लाख ६१ हजार तीन सय ७३ रुपैयाँ पाएका छन । हाल सो रकम ९ जनाले लिएको उनीहरुले बताए । अहिले ९ जनाले सो रकम लिएर बाख्रापालन, किराना पसल, गोरु पालन गरेको मेलखोली सामुदायीक संस्थाकी कोषाध्यक्ष भीमा बि.क.ले बताउनुभयो ।
उनीहरु मात्र हैन अहिले दुर्गम, पिछडिएका र बिपन्न बस्तिका जनताले गरिबी निबारण कोषको सहयोगमा ब्यबसाय गर्न थालेका छन् । बिपन्नहरुको आय स्तर विकास गर्ने, दुर्गम क्षत्रमा पूर्वाधार विकास, क्षमता विकास र संस्थागत विकास गर्ने उद्देश्यले कोषले अहिले दाङ लगाएत देशभर कार्यक्रम सञ्चालन गरेको छ । दाङमा पहिलो चरणमा सवैभन्दा पिछडिएका १४ गाविसका पनि पिछडिएका वस्तिमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।
सो कार्यक्रमको जिम्मा पाएको जनउत्थान समाज विकास केन्द्र दाङका अध्यक्ष बलिभद्र रानाले कोषको सहयोगले ग्रामिण वस्तिमा आयआर्जन बृद्धि, दुर्गम क्षेत्रको विकास हुन थालेको बताउनुभयो । उहाँले हालसम्म आयआर्जनका लागि १५ लाख बढी खर्च भइसकेको र यस आवमा एक करोड रकम खर्च गर्ने जनाउनुभयो । यसैगरी दुर्गम क्षेत्रको विकासका लागि तीन करोड बढी खर्च गर्ने लक्ष्य रहेको पनि रानाको भनाई छ । हाल योजना छनौट भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
केन्द्रका कार्यक्रम संयोजक भीम खत्रीले ब्यक्तिको माग अनुसार सामुदायिक संस्थाको सिफारिसमा कोषले आयआर्जनका क्षेत्रमा लगानी गरिरहेको जानकारी दिनुभयो । यसैगरी सडक, खानेपानी, विद्युतिकरण, सिचाई लगाएतका क्षेत्रमा दुर्गम बस्तिमा जनताकै माग अनुसार लगानी गर्ने पनि उहाँले बताउनुभयो ।
संस्थाका सुपरभाईजर राजेन्द्र दाहालका अनुसार यो बर्ष जिल्लामा अति दुर्गम क्षेत्रमा ६० वटा समूह मार्फत १५ सय घरधुरी कार्यक्रम मार्फत लाभ्वान्ति भएका छन । यस आवमा एक सय समूह निर्माण गरेर तीन हजार घर धुरीलाई कार्यक्रमले समेटने पनि उहाँले दावी गर्नुभयो । सामुदायीक संस्थामा आवद्ध सदस्यहरुले मासिक बैठक गरी बचत समेत गर्ने गरेका छन ।
कोषले विकास निर्माणमा जनसंख्याको आधारमा प्रतिब्यक्ति ५५ सय र आयआर्जनमा जम्मा जनसंख्याको आधालाई पुग्ने गरी ५५ सय दिने गरेको छ । आयआर्जनको रकम उनीहरुले घुम्ति कोष मार्फत क्रमश सबैले पाउने गरी बितरण गरिने छ । कोषले गैरसरकारी संस्था मार्फत गाउँगाउँमा सामुदायीक संस्था गठन गरेर सोझै उपभोक्ताको खातामा रकम दिने गरेको छ ।
शव्द / तस्विर गणेश ओली





