ताजा अपडेट

...


नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज



राष्ट्रपति विद्यादेवी भण्डारी
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो पद तथा गोपनियताको शपथ लिनु हुने भएको छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछ ।
राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । हिजो व्यवस्थापिका संसदबाट राष्ट्रपतिमा निर्वाचित भण्डारी मुलुकको दोस्रो तथा पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । सपथपछि राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपतिको कुर्सी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्नुहुनेछ । नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथग्रहण समारोहपछि सरकारले आयोजना गर्ने बिदाइ समारोहपछि यादव साँझ बागडोल सर्नुहुने उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । सरकारले आज राष्ट्रपति यादवको बिदाइमा एक समारोहको आयोजना गर्दैछ । उहाँ २०६५ साउन ६ गते गणतन्त्र नेपालको प्रथम राष्ट्रपति चुनिनुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.