अमेरिकी युवतीहरुले नयाँ आन्दोलन सुरु गरेका छन् । सरकार हतियार नियन्त्रणमा असफल भएको भन्दै टेक्सासका छात्राहरुले कृत्रिम लिंग बोकेर हिड्ने अभियान चलाएका छन् ।
विद्यार्थीहरुलाई विश्वविद्यालय क्याम्पसमा पढ्न आउँदा लुकाएर ह्याण्डगन बोक्न दिने सरकारी कानूनको विरोधमा छात्राहरुले लिंग बोक्ने आन्दोलन सुरु गरेका हुन् । आउँदो अगष्ट देखि कार्यान्वयनमा आउने यो कानून अनुसार विद्यार्थीहरुले क्याम्पस आउँदा लुकाएर ह्याण्डगन बोक्न पाउनेछन् ।
पछिल्लो समयमा अमेरिकामा हतियारधारीहरुले स्कुल तथा कलेजमा आक्रमण गरी धेरै विद्यार्थीको हत्या गरेको घटना बढिरहेका बेला सरकारले लुकाएर बन्दुक बोक्न दिने कानून बनाउन थालेपछि छात्राहरु लिंगको हतियार बोकेर आन्दोलनमा उत्रिएका हुन् ।