नेपालले चीनसित पेट्रोलियम आपूर्तिसम्वन्धी सम्झौता गरेपछि मधेसवादी मोर्चामा छटपटी पैदा भएको छ । चीनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि आफूहरुले जारी राखेको भारतीय नाका केन्द्रित आन्दोलन सुक्ने त्रास पैदा भएको छ उनीहरुमा ।
मधेसी मोर्चाका एक प्रमुख नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालसित तेल आपूर्तिको सम्झौता गरेर चीनले आफूहरुसित दुश्मनी मोलेको आरोप लगाए ।
महतोले अनलाइनखबरसँग भने, ‘यो सम्झौता मधेस आन्दोलनलाई मत्थर बनाउने षडयन्त्र हो । अब हामी चीन विरोधी प्रदर्शन व्यापक बनाउछौं ।’
केही दिनअघि महतोकै डिजाइनमा मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाउने काम गर्दा मोर्चाभित्रै विवाद भएको थियो । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति नै निकालेर छिमेकी देशको झण्डा जलाउने कार्यमा असहमति जनाएका थिए । तर, महतोले भने फेरि पनि झण्डा जल्न सक्ने चेतावनी दिएका छन् ।