ताजा अपडेट

...


कार्तिक १५ देखि किया नियमित चल्ने



दीपकसंगम थापा
रुकुम कार्तिक १२ । मिनी हाईस डिलक्स सेवाका लागि लामो समयसम्मा प्रतिक्षामा बसेका रुकुममेली यात्रुहरुको अब चाहना पुरा हुने भएको छ । रुकुम यातायात प्रालीले यही कार्तिक १५ गतेदेखि नियमित सेवा सुचारु गर्ने बताएको छ । आज सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । रुकुम यातायात प्रालीका अध्यक्ष केशव रावलले एक प्रेस विज्ञप्ती प्रदान गर्दै अबदेखि रुकुममेली यात्रुहरुले साना गाडीहरु किया, हाई र डिलक्स मार्फत छिटो र भरपर्दो सेवा पाउने भएका छन् । यात्रुहरुको चापलाई ध्यानमा राखी छिटो छरितो सेवा दिन, यातायात प्रालीको सिन्डिकेटको दादागिरी हटाउन र स्वतन्त्र पूर्वक व्यवसाय गरेर बाँच्न पाउने अधिकारलाई स्थापित गर्न उक्त सेवा दिन लागेको रुकुम यातायात प्रालीका अध्यक्ष केशव रावलले बताउनुभयो । उक्त प्रालीले रुकुमदेखि दांग, काठमाण्डौ र नेपालगञ्जसम्मा सेवा दिने बताएको छ । यही कार्तिक १५ गतेदेखि दांगका लागि विहान ६ः१५ बजे, विहान ११ः४५ बजे र तेस्रो १ः ३० बजे सेवा दिने भएको छ । त्यस्तै नेपालगञ्जका लागि विहान ५ः३० बजे र १०ः४५ बजे छुट्ने बताईएको छ । त्यस्तै काठमाण्डौको लागि विहान ५ बजे रुकुमबाट छुट्ने बताईएको छ । केही यातायात प्रालीहरुले सिन्डिकेट प्रणाली मार्फत यात्रुहरुलाई सेवा दिन भन्दा पनि यात्रुहरुलाई लुट्नका लागि सञ्चालन गरेकोले त्यस्तै लुटतन्त्रलाई हटाउनका लागि पनि यातायात सेवा दिन खोजेको अध्यक्ष रावलले बताउनुभयो । डिलक्स सेवाका लागि भाडादर भने नेपाल सरकारको भाडाभन्दा २० प्रतिशत बढी लिने नियम भएकोले सोही अनुसार लिने बताईएको छ । यातायात सुचारुका लागि अम्बिकेश्वरी र भेरी यातायातले सहयोग गरेको भएता पनि सिस्नेहिमाल यातायात, सल्यान रुकुम यातायात र राप्ती यातायात प्रालीले भने अवरोध गर्न खोजेको अध्यक्ष केशव रावलले बताउनुभयो । आफुहरुलाई कोही कसैले रोकेर नरोकिने बरु डटेर लाग्ने अध्यक्ष रावलले दाबी गर्नुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.