ताजा अपडेट

...


क्रिकेट मैदान निर्माणका लागि एक करोड



दाङ ,१२ कात्तिक ।  क्रिक्रेट मैदानमा भौतिक निर्माण गर्न एक करोड रुपैयाँ बजेट छुट्टीएको नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भएको छ । घिमिरेका अनुसार नगर विकास समितिबाट ८० लाख र खेलकुद मन्त्रालयवाट २० लाख गरी एक करोड बजेट छुट्टीएको हो । मैदानलाई तत्काल स्थानीय स्तरको खेल प्रतियोगीता सञ्चालन गर्ने सम्म बनाउने लक्ष्य राखिएको छ । त्यस पछी मात्रै दाताको खोजी गरी मैदानलाई अन्र्तराष्ट्रिय स्तरको वनाईने योजना रहेको घिमिरेले जानकारी दिएको हो ।
     क्रिक्रेट मैदानको दिगो भौतीक पूर्वाधार विस्तारकालागी विस्तृत गुरुयोजना वनाउन थालीएको छ । नगर विकास समितिले आन्तरिक कोष वाट ५ लाख रुपैयाँ खर्च गरेर डिजाईन गर्न डाईमेन्सन ईञ्जिनेरिङ्ग कन्सल्टेन्सीलाई जिम्मा दिएको छ । कन्सल्टेन्सी र समितिका विचमा अहिले डिजाईनको विषयलाई लिएर छलफल भैरहेको छ । अहीले सम्म मैदान निर्माणका लागी ७० लाख वढी खर्च भएको छ । मैदान निर्माण गर्न क्यानलाई स्वामित्व हस्तान्तरण गर्न समिति तयार भएपनि अन्तिममा आएर क्यानले वेवास्ता गरेको नगर विकास समितिको ठहर छ । क्रिक्रेट मैदानकालागी छुट्टीएको भाग १५ मिटरको प्याराफिट सहीत ९५ मिटर रेडियसमा फैलिएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.