ताजा अपडेट

...


विश्व चारचित खेलाडी मेस्सी सूचीमै परेनन्




कात्तिक ६ – बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी मुल्यवान १० एथ्लेट ब्राण्डको सूचीमा अटाउन सकेनन् । रोनाल्डो गएको वर्षको भन्दा एक स्थान तल झरेर आठौं स्थानमा छन् । रोनाल्डोका ब्राण्ड मूल्य एक करोड ६० अमेरिकी डलर रहेको फोब्सले जनाएको छ ।
मुल्यवान एथ्लेट ब्राण्डको पहिलो नम्बरमा गल्फर टाइकर उडा छन् । उनको ब्राण्ड मूल्य एक करोड ९४ लाख  पाउण्ड स्टर्लिङ रहेको फोब्सले जनाएको छ । दोस्रो नम्बरमा गल्फर फिल मिकेल्सन छन् । उनको ब्राण्ड मूल्य एक करोड ८० लाख २० हजार पाउण्ड स्टर्लिङ छ ।
एक करोड ७५ लाख पाउण्ड स्टर्लिङ ब्राण्ड मूल्य रहेका टेनिस खेलाडी रोजर फेडेरर र बास्केट बलमा लिब्रोन जेम्स संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
मुल्यवान १० टिममा रोनाल्डोको टिम रियल मड्रिड पाँचौं नम्बरमा छ । रियल मड्रिडको मूल्य तीन अर्ब १० लाख पाउण्ड स्टर्लिङ रहेको फोब्सले जनाएको छ । दुई अर्ब ८९ करोड पाउण्ड स्टर्लिङ मूल्य भएको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छैटौं तथा दुई अर्ब ८३ करोड पाउण्ड स्टर्लिङ मूल्य भएको बार्सिलोना सातौं स्थानमा छन् । मूल्यवान टिमको शीर्ष चार स्थानमा अमेरिकी बेसबल टिम परेका छन् ।
– एजेन्सीको सहयोगमा

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.