ताजा अपडेट

...


अफगानिस्तान र पाकिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय ६० नाघ्यो



कात्तिक १० – अफगानिस्तान केन्द्रविन्दु भएर गएको भूकम्पमा परी २ सय ६० जना भन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाकिस्तानका नागरिक धेरै छन् । भूकम्पमा सयौं घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान छ ।


 सोमबार दिउँसो अफगानिस्तानको राजधानी काबुलबाट २ सय ६५ किलोमिटर उत्तर पूर्वमा रहेको हिन्दुकुश पर्वतीय श्रृँखलामा केन्द्रबिन्दु भएर ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प जाँदा अफगानिस्तान र पाकिस्तानमा धेरै क्षती पुगेको छ भने उत्तरी भारत र ताजकिस्तानका केही भागमा धक्का महशुस गरिएको थियो । पाकिस्तानको स्वातघाटी र पेशावर शहरमा धेरै क्षती पुगेको छ ।


 पाकिस्तानमा ज्यान गुमाउनेको संख्या २ सय १४ पुगेको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मात्र १ सय ७९ जनाको ज्यान गएको छ । १८ सय भन्दा बढी घाइते भएका त्यहाँका अधिकारीले बताएका छन् । यस्तै अफगानिस्तानको एउटा स्कूलमा भूकम्पपछि भागदौड मच्चिदा कम्तिमा पनि १२ जना छात्राको ज्यान गएको छ । केहीको अवस्था गम्भीर छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पपछि उत्तरी पाकिस्तान र अफगानिस्तानका अस्पतालहरु घाइतेले भरिएका छन् ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.