ताजा अपडेट

...


राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता




 
भोलि हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ । सहमतिका लागि आइतबार दिउँसोसम्म समय दिइए पनि त्यो समयमा सहमति हुन नसकेपछि राष्ट्रपति, उपराष्ट्रपति चयन बहुमतिय प्रक्रियामा प्रवेश गरेको हो । व्यवस्थापिका–संसद् सचिवालयले जारी गरेको तालिकाअनुसार निर्वाचन कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गराउन समय तोकिएको छ । यो समयभित्र दर्ता गराइएका प्रस्तावबमोजिमको राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली सचिवालयले प्रकाशन गर्नेछ । प्रकाशित नामावलीमाथि आजै दिउँसो २ बजेसम्म दाबी विरोध गर्ने समय तोकिनेछ । उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार भोलि दिउँसो ३ बजे व्यवस्थापिका–संसद्मा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ ।
राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज बिहान निर्णय गर्ने जनाएको छ

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.