ताजा अपडेट

...


कलाकारितामा स्थापित हुन नाङ्गिनुपर्छ भन्ने छैन



झरना रिसाल (मोडल/नायिका) / दाङ घोराही–८ बडहरा निवासी झरना रिसाल अहिले अभिनय क्षेत्रमा जम्न थालेकी छन् । निकै हट देखिने रिसालले हालसम्म तीन दर्जनभन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । तीन ओटा मूभीमा अभिनय गरिसकेकी उनी जस्तो पायो त्यस्तै कथामा अभिनय नगर्ने बताउँछिन् । सक्षम कलाकार हुनको लागि आत्मविश्वासका साथ धैर्य भएर काम गर्नुपर्ने रिसालको भनाई छ । रिसालसँग विभिन्न विषयमा केन्द्रित भएर इन्द्रेणी अनलाईनका कला सम्पादक  पाण्डव शर्माले गरेको कुराकानि । –सम्पादक

आजभोली के गर्दै हुनुहुन्छ ?
चलचित्र परिणामको सुटिङ भर्खरै सकिएको छ । अन्य म्यूजिक भिडियोहरुमा पनि मोडलिङ गरिरहेको छु । अहिलेसम्म तीन दर्जनभन्दा बढी म्यूजिक भिडियो र तीन ओटा मूभिमा अभिनय गरेकी छु ।

कस्ता मूभिमा अभिनय गर्न मन पर्छ ?
तीन ओटा म्यूजिक भिडियो मध्ये दुई ओटा नारी प्रधान छन् । एउटा लभ स्टोरी पनि छ । मलाई नारीप्रधान र जनचेतना मुलक कथामा अभिनय गर्न मन पर्छ । तर, कलाकारले एकै खाले विषयवस्तुका मूभिमा मात्र अभिनय गर्छु भन्नु हुँदैन । आँफूलाई मन पर्ने स्क्रिप्ट हेरेर अभिनय गर्छु ।

एउटा कलाकार भइसकेपछि अंग प्रदर्शनलाई पूरै इन्कार गर्ने भन्ने त हुँदैन । कथाले मागे अनुसार समाजलाई पच्ने गरी अंग प्रर्दशन गर्नुपर्छ । तर, स्थापित हुने नाममा नांगो शरिर देखाउने कुरा भने गलत हो ।



एउटा सक्षम कलाकार हुनको लागि के गर्नुपर्छ ?
कलाकार हुनका लागि सबैभन्दा पहिले आत्मविश्वासका साथ काम गर्नुपर्छ । निरन्तर साधना गरेर अघि बढ्न सकियो भने हामी अवस्य सफल हुन सकिन्छ ।


कलाकारितामा समस्या के देख्नुहुन्छ ?
हरेक क्षेत्रमा समस्या हुन्छन् । समस्या विहिन क्षेत्र भनेको केही छैन । हामीले ती समस्यासँग जुध्दै जानुपर्छ । अहिलेसम्म मलाई त्यति ठूलो समस्या परेको त छैन ।

अंग प्रर्दशनलाई कसरी लिनुहुन्छ ?
एउटा कलाकार भइसकेपछि अंग प्रदर्शनलाई पूरै इन्कार गर्ने भन्ने त हुँदैन । कथाले मागे अनुसार समाजलाई पच्ने गरी अंग प्रर्दशन गर्नुपर्छ । तर, स्थापित हुने नाममा नांगो शरिर देखाउने कुरा भने गलत हो ।

व्वाएफ्रेण्ड बनाउनुभएको छ ?
अँह छैन ।

प्रपोज कत्तिको आउँछ ?
किन नआउनु निकै धेरै आउँछ ।

कस्ता व्यक्तिले बढी प्रपोज गर्छन ?
म भन्दा निकै सिनिएरहरुले बढी प्रपोज गर्छन ।

सेक्स अनुभव छ ?
छैन ।





सेक्स प्रस्ताव कत्तिको आउँछ ?
तपाईको प्रश्न नै मिलेन । मलाई यो विषयमा नसोध्नुस् ।




हामीले ती समस्यासँग जुध्दै जानुपर्छ । अहिलेसम्म मलाई
                                  त्यति ठूलो समस्या परेको त छैन ।

विहे कहिले गर्ने ?
अँझै ४/५ वर्ष गर्दैन । यो समय भनेको करिअर बनाउने समय हो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.