ताजा अपडेट

...


दसैँ मानेर दाङ भित्रिने क्रम वढ्दै




रेखा मगर, दाङ, १० कार्तिक
दसै मनाउन गृहजिल्ला पुगेका नागरिकहरु आफ्नो कार्यक्षेत्र जान थालेका छन । यसैक्रममा दसैँ मनाउन दाङवाट गृह जिल्ला पुगेकाहरु पनि विस्तारै दाङ भएर आवतजावत गर्ने क्रम वढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बताएको छ । यसैविच, दशै मनाउन काठमाण्डौवाट दाङ भएर छिमेकी जिल्लाहरुमा पुगेका नागरिकहरु काठमाण्डौ फर्कने क्रम वढेको ट्राफिक प्रहरी प्रमुख विरवहादुर थापाले जानकारी दिनुभयो ।

कात्तिक ५ गते टीका लगाएदेखि नै दाङ भएर काठमाण्डौ जाने नागरिकहरुको संख्या वढेको थापाले वताउनुभयो । विभिन्न जिल्लाका नागरिकहरु दाङवाट काठमाण्डौ जाने क्रम अझै केही दिन जारी रहने ट्राफिक प्रहरीको भनाई छ । अन्य जिल्लावाट दाङ आउनेको भन्दा दाङ भएर काठमाण्डौ जानेहरुको संख्या वढि रहेको छ । दशै मनाउन काठमाण्डौवाट ३० हजार नागरिक दाङ क्षेत्रमा आएको र ति मध्य अहिलेम्म ३५ सयको हारहारीमा काठमाण्डो पुगसिकेका छन ।

दशैसंगै यात्रुहरुको चाप वढेको र यातायात व्यवसायीहरुले पनि गाडी संख्या वढाएपछि अहिले दैनिक २० देखी २२ वटासम्म गाडी काठमाण्डौ जाने गरेका छन । सामान्य अवस्थामा १५ वटा गाडी काठमाण्डौ जाने गरेकोमा गाडी संख्या थप गरेपछि दैनिक ११ सय नागरिक जाने गरेका छन । यसैविच, काठमाण्डौ जानेको तुलनामा भने दाङ भित्रने नागरिकको संख्या कम रहेको छ ।

राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा दशैपछी विभिन्न ठाँउमा मेला लाग्ने भएकाले नागरिकहरु त्यति वढि दाङमा नआएको वताईएको छ । पुर्णिमाको अवसरमा लाग्ने मेला हेरेर मात्र नागरिकहरु दाङ फर्किने  र त्यो वेला यात्रुको चाप वढ्न सक्ने अनुमान गरिएको थापाले वताउनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.