ताजा अपडेट

...


सहमति तोडिए सरकार छाड्ने प्रचण्डको चेतावनी



एकीकृत माओवादीले नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति बनाउने पूर्वसहमतिबाट एमाले पछि हट्न खोजेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
एमालेले पासाङलाई उपराष्ट्रपति बनाउनेबारे भएको सहमति तोडे सरकार र सत्ता गठबन्धनबाटै बाहिरिने चेतावनी उसले दिएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले
पासाङलाई उपराष्ट्रपति बनाउन एमाले तयार नभए सरकार छाड्ने चेतावनी दिएको श्रोतले बतायो ।
बैठकमा प्रधानमन्त्री समेत हरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि थिए ।
‘विद्या भण्डारीलाई राष्ट्रपति र पासाङलाई उपराष्ट्रपति बनाउने सहमति हामीबीच भएको हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘यदि सहमति पालना हुँदैन र धोका हुन्छ भने हामी सरकारबाट बाहिरिन्छौं ।’

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.