ताजा अपडेट

...


किन चाहियो विप्लव क्रान्ति ……… ?



भुपेन
नेकपा माओबादीका सचिव नेत्र विक्रम चन्दले आफनो पार्टीसंग सम्बन्ध विच्छेदको घोषणा गरेसंगै नेपाली राजनितीमा पुनः नयाँ तरङ उत्पन्न भएको छ । सार्वजनिक स्थान वा चिया पसलमा हुने पटके बैठकहरुमा विप्लवको यो अप्रत्याशीत कदमबारे विभीन्न कोणले टिकाप्पिणीहरु शुरु भएका छन । ति मध्ये कतिपय टिकाटिप्पणीहरुमा स्वाभाविकै रुपमा माओबादी आन्दोलनसंग सम्बद्ध नेता कार्यकर्तालाई उत्साहीत बनाएको देखिन्छ भने अर्कोतर्फ विप्लवको यो कदमले उनले पतनको बाटो रोजेको भनेर निष्कर्ष सुनाउनेहरुको पनि कमी छैन । यस्तै माओबादी आन्दोलनलाई समर्थन गर्दै आएका कतिपय नेता कार्यकर्ताहरु विपल्वको पार्टी फुटाउने कदमले माओबादी आन्दोलनलाई नै कमजोर बनाउने भनेर गोहीका ‘नखरा’ देखाउन पनि शुरु गरेका छन । मैले सर्वप्रथम यहाँ नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाबारे सामान्य समीक्षा गर्न चाहन्छु । नेपालका बहुसंख्यक जनता बामपन्थी धारका हुँदाहुदै कम्युनिष्ट आन्दोलनको ६ दशक लामो इतिहासले हालसम्म जनतालाई दिलाएका उपल्बधि गणना लायक छैनन भन्दा पनि हुन्छ । अझ संसदीय राजनितीमा चुर्लुम्म डुबेका कतिपय दलले निर्वाचनमा आउने परिणाम संग आफनो पार्टीले कम्युनिष्ट आन्दोलनमा पुर्याइरहेको योगदान र आफनो उपस्थिीती लाई गाँसेर मनमौजी समीक्षा गरेको देख्दा माक्र्सबादका संरक्षक हरुलाई हाँसो उठने बिषय बनेको छ । फुटै फुटले गुज्रीरहेको कम्युनिष्ट आन्दोलनकै सिलसिलामा १० वर्ष जनयुद्धबाट आएको माओबादीले पनि ३ इटा थपीदिएपछि जनताले कम्युनिष्टहरु फुटन बाहेक केही जानेका छैनन भने समीक्षा गर्न थालेका छन । विप्लवको कदमले माओबादी आन्दोलन कमजोर हुने भयो भनी टिकाटिप्पणी गर्न थालीएको छ सर्वप्रथम उनिहरुलाई म एउटा प्रश्न तर्फ घोत्लिन आग्रह गर्छु । हाल आएर नेपालकोृ कम्युनिष्ट आन्दोलन कुन स्थितीमा छ भनेर यहाँहरुले सोच्ने कष्ट गर्नुभएको छ छैन ?

त्यस्तै हिजोका दिनमा एमाले देशकै ठुलो पार्टी हुँदा हुदै र कम्युनिष्ट नामक कैयन दलको उपस्थिीती रहदा रहदै जनयुद्धकै शुरुवात गर्नुपर्ने स्थिीति किन आयो ? त्यसको सारसंक्षेप भनेको नै माक्र्सबाद संकटमा पर्नु थियो । कम्युनिष्ट आन्दोलनले आफनो बाटो बिराउनु थियो । जसरी एमाले बहुदलीय जनबादका नाममा माक्र्सबादलाई टाउकोमा जुता र खुटामा टोपी लगाउने गरी अपव्याख्या गरेर जनतामा भ्रम सिर्जना गर्दे थियो त्यो भ्रम चिर्न पनि जनयुद्धको शूरुवात गरिएको थियो । जनताले को कम्युनिष्ट को काँग्रेस भनेर सैद्धान्तिक र व्यवहारीक रुपमा दुबै एकैएकै ढङले बुझन थालेपछि त्यो भ्रम चिर्न जनयुद्धको शूरुवात भएको थियो । र त्यसै अनुसार जब सही बाटोले माक्र्सबाद व्याख्या गर्दै जनयुद्ध अगाडी बढदै गयो जनाउभार पनि क्रमशः थपीदै गएको थियो । आज आएर स्थिीती पुनः दोहोरिएको छ । एमाले , एमाओबादी , नेकपा माओबादी सबैको ‘मोर्डन’ माक्र्सबादले कम्युनिष्ट र काँग्रेस बिचको भिन्नतालाई ओझेलमा पारिदिएको छ । हाल आएर माओबादी एमालेको गाणितिय उपस्थिती भन्दा पनि कम्युनिष्ट आन्दोलनले समातेको दिशाका विषयमा छलफल र बहसको आवश्यक्ता म ठान्छु । एमालेको बहुदलिय जनबाद होस या एमाओबादीको उत्पादन क्रान्ति त्यसले कम्युनिष्ट विचारधाराको भार थेग्न सक्ला ? वैद्यजीले विद्रोहको लागी पृष्ठभुमि तयार भइनसकेको भन्ने गतिविहीन तर्क दिइरहँदा के उहाँले नै चाहेजस्तो पृष्ठभुमि तयार हुन्जेलसम्म नेकपा माओबादी टिकिराख्ला ? कम्युनिष्ट आन्दोलनमा आरोप प्रत्यारोपको जुहारी गर्नेहरुले यसतर्फ घोत्लिन आवश्यक भएको छ । माक्र्सबाद नबुझीने र नसुनिने अवस्था सृजना हुदै गएको वर्तमान परिप्रेक्षयमा पुजिबादको राजनैतिक सुनामीले कम्युनिष्ट आन्दोलनका आदर्शहरुलाई कहील्ये सम्म टिकिरहन देला ? यी प्रशनहरुलको जवाफ नखोजेर सतही रुपमा विप्लवको कदमलाई एउटा फुटको रुपमा मात्रै व्याख्या गरिरहँदा त्यसले कम्युनिष्ट आन्दोलनको विउ पनि नबच्ने सम्भावना बढाउदै लगेको छ । म यो ठोकुवा गरेर त भन्न सक्दिन कि विप्लवजी ले उनको काँधमा आएको कम्युनिष्ट आन्दोलनको अभिभारालाई कतिन्जेल थेग्न सक्लान । तर एउटा कुरा चाँही के सत्य हो भने भविष्यमा उनले पनि बाटो बिराएमा फुटको अर्को श्रँखला अवश्य थपीनेछ ।
जनताले ठुलो अपेक्षा र विश्वास गर्दा पनि १५ हजार शहीदको बलिदान गरेर आएको माओबादीले यति चाँडो काँचुलि फेर्नु मुलुकको बामपन्थी जनतालाई पुर्याइएको अहिलेसम्मकै सबैभन्दा ठुलो विश्वासघात हो । अझ सोचनिय विषय त के हो भने कार्यकर्ता माझ पटकपटक गरिने समीक्षामा ‘हामी विग्रीएकै हो ’ भनेर नेताहरुले आत्मआलोचना गर्नु तर सप्रीनकालागी सामान्य प्रयास समेत नगर्नु माओबादी आन्दोलनको सबैभन्दा ठुलो दुर्भाग्य हो । जस्ले यति चाँडै नेकपा माओबादीलाई तिन चिरा पारीदिएको छ । चिनमा माओले १९४९ मा जनयुद्ध सफल गराएपनि त्यसपछि देखिएका विचलनहरुलाई सच्याउन १९६६ मा आएर पनि शुरुवात गरेको साँस्कृतिक क्रान्तिले त्यहाँ जनयुद्ध जतिकै महत्वपुर्ण योगदान पुयाएको थियो । हाल विश्वभरका कम्युनिष्ट हरुलाई उहाँले चलाएको त्यो महाअभियानले गतिलो प्रेरणा दिलाएको छ । पछि गएर देङ सियाओ पीङको नेतृत्वमा दैध चरित्रको आर्थीक नितीले चिनमा आर्थीक रुपमा फडको मारिएको देखिएपनि पुजीबादका हिमायतिहरु समेत चिनको आर्थीक उन्नतीमा साँस्कृतिक क्रान्तिले पुर्याएको योगदानलाई अवमुल्यन गर्न सक्दैनन । तर नेपालका कम्युनिष्टहरुलाई क्रान्ति थकाई मेटने मेलो बनिसकेको छ । र यसैबेला माक्र्सबाद दृष्टिविहीनहरुले छामेर ठम्याएको हाति जस्तो अधुरो बन्दै गएको छ । पार्टीको नाममा माक्र्स , लेनिन र माओको नाम झुण्डयाएर व्यवहारतः पुजीबादकै गुलामी गर्नु अहिलेका चरित्र बन्दै गएको छ । यसैसन्दर्भमा विप्लवले क्रान्तिको झण्डा उचाल्छु भन्दा माक्र्सबादका संरक्षण गर्न चाहनेहरुलाई उर्जा थप्नु स्वाभाविकै छ । यद्यपी पटकपटक विश्वसघातको शिकार बन्दै आएका जनताले विप्लवलाई विश्वास गर्लान त ?विगत देखि पाप्र्टी भित्र अध्यक्षका महत्वकाँक्षी भनेर उनको जसरी आलोचना हुदै
आएको छ त्यो दागलाई उनले कसरी पखाल्लान । तर महत्वकाँक्षा पनि सकारात्मक भयो भने त्यसले पनि समाजविकासमा महत्वपुर्ण योगदान पुर्याएको हामी संग थुप्रै उदाहरण छन । यद्यपी चुनबाङ बैठक पश्चात (वैद्य र किरण भारतीय जेलमा रहँदा ) पनि पटक पटक माओबादी आन्दोलनको कार्यदिशा प्रति असहमति राख्दै आएका क्रान्तिपक्षधर हरुले उनलाई एकपटक विश्वास नगरी साध्य छैन । यस्तै संसदीय राजनितीमा छिरेको लामो समयसम्म पनि चाटुकारका रुपमा परिणत नहुनु उनलाई विश्वास गर्नेहरुका लागी महत्वपुर्ण आधार हुन । साथै उनले ल्याएको एकिकृत क्रान्तिको सिद्धान्तले व्यवहारमा कति मौलीकता र स्पष्टता अँगालेको छ त्यसले नै उनको भविष्यलाई निर्धारण गर्नेछ । यद्यपी नेपालका कम्युनिष्ट र त्यसमा पनि खासगरी माओबादी नेताहरु जसरी राज्यसता बिना माखो पनि मार्न नसक्ने व्याख्या गरी जनताका मागहरुबाट पन्छिन खोज्छन त्यसबाट उनि कति मुक्त हुन सक्लान ?हो अवश्य माक्र्सले अर्थयाए अनुसार राज्यसता परिवर्तनका लागी महत्वपुर्ण आधार हो । तर २१ औ शताब्दीमा प्रवेश गरीरसकेको विश्वमा राज्यसता संगै जनअधिकार प्राप्तीका लागी अन्य केही सहायक बाटा हरु अवलम्बन गर्न नसकिएला ? माक्र्सको पाला जस्तै हालका मजदुरहरुको अवस्था उतिकै अधिकार विहीन छ ? चिनमा माओले क्रान्ति गर्दा किसानहरु जुन किसमले पुर्ण रुपमा राज्याधिकार बाट वञ्चित थिए नेपालका किसानहरु पनि त्यही अवस्थामा छन ? मलाई लाग्छ उहील्यै र अहिलेको सँसार र त्यसका अन्तरविरोधहरुमा धेरै परिवर्तन आईसकेको छ । १८ औ र १९ औ शताब्दीको क्रुर निरकुश शासन व्यवस्था भन्दा २१ शताब्दीमा प्रजातन्त्रीक प्रणाली अन्तर्गत भएपनि गरिब , उत्पीडित जनताले धेरै अधिकारको उपभोग गर्न पाएका छन । राज्यसता महत्वपुर्ण आधार हुँदा हुदै जनताका समस्या समाधान गर्न तत्काल जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी सामाजीक समस्याहरुलाई समाधान गर्ने सवालमा विप्लवको एकीकृत क्रान्तिले कति सम्बोधन गर्न सक्ला त्यसले पनि उनको भावि भविष्यलाई निर्धारण गर्नेछ । हाल आएर क्रान्ति भन्ने शब्दावली भुत जस्तै डरलाग्दो , अनावश्यक , र अपत्यारीलो वस्तुका रुपमा व्यवाख्या गर्न थालीएको छ । जसले मान्छेलाई तर्सीने र तर्साउने मात्र गर्छ । विप्लवको रणनितीले यो भ्रमलाई कति चिर्न सक्ला भन्ने विषयले पनि उनको आगामी यात्रालाई निर्धारण गर्नेछ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.