![]() |
| डिल्ली मल्ल |
चुक घोप्टिएको रातको
साम्राज्य तोडेर
झुल्किएको हो बिहान
भालेहरुका डाँकहरुसँगै
खुलेको हो बिहान
नयाँ युगको नयाँ बिहानलाई
रातो सलाम !
(सलाम नयाँ बिहानलाई)
साम्राज्य तोडेर
झुल्किएको हो बिहान
भालेहरुका डाँकहरुसँगै
खुलेको हो बिहान
नयाँ युगको नयाँ बिहानलाई
रातो सलाम !
(सलाम नयाँ बिहानलाई)
बिहान झुल्किएको छ यतिखेर, मात्र बिहान । घनघोर कालो रातको अवसानपछि एउटा आशलाग्दो बिहान उदाएको छ तर मिर्मिरेमै छ– छिप्पिसकेको छैन । मुक्तिसंग्रामका कठिनभन्दा कठिन प्रहरहरुको बीचबाट उदाएको नयाँ युगको नयाँ बिहानलाई कवि हृदयदेखिको सलाम टक्र्याउँछन् । नयाँ बिहानप्रति उनको अगाध श्रद्धा छ, माया छ अनि उत्तिकै वर्गप्रेम पनि । कवि कलम कविताका हरफहरुमा बगिरहेछ कहिले उर्लिदै, बहकिदै कर्णालीको छालजस्तै त कहिले सुस्साउँदै सुनछहरीको झरनाजस्तै ।
शताब्दीयौंपछिका यी दिनहरु ! अँध्यारो रातपछिका उज्याला यी दिनहरु ! केही नयाँजस्तो, केही फेरिएकोजस्तो अनुभूति भैरहेछ कविलाई– हामीलाई पनि । तर, बिहान लुट्न खोजिदैछ । बिहान र उज्यालोदेखि डराउनेहरु फेरि पनि बिहान लुट्न खोज्दैछन् । बिहान लुट्नेहरुका विरुद्धको लडाई जारी छ,– चलिरहनेछ । अँध्यारोका विरुद्धको मोर्चामा उनी निरन्तर डटिरहे बन्दुक र कलमको मोर्चाबाट– आज बन्दुक बिसाए पनि अझै जारी छ आवाज र अक्षरको अनवरत यात्रा ।
एउटा साधारण गाउँले परिवेश ! अन्धविश्वास, रुढि परम्परा र संस्कार संस्कृतिले ग्रस्त थियो समाज ! अशिक्षा, गरिबी र अभावमा छट्पटिएको पहाडी जनजीवन ! अझैं उस्तै छ हालत– ती गाउँ, ठाउँ र हर जीवनहरुको । उनी तिनै जीवनहरुको एक टुक्रा हुन्, त्यही समाजको एक हिस्सा हुन् । तर, फरक यतिमात्र थियो, अझै छ– अशिक्षा, अभाव र अप्ठेरोकै बीचबाट उनी माथि उठे र अन्याय, अत्याचारका विरुद्ध आवाज बोकेर एउटा यात्रामा निस्किए– क्रान्तियात्रामा ।
उन्नान्चालिस सालको फागुन बित्दै थियो उनी जन्मदा । सल्यानको दुर्गम गाउँ कालागाउँ तिमिलेमा बुवा नरबहादुर शाही र आमा विष्णुकुमारी शाहीको कोखबाट जन्मिएका गणेश शाही ‘प्रतीक’ त्यही पहाडको माटोमा हुर्किए, बढे र रमाए । जतिबेला उनी जन्मिदै थिए, उनीभन्दा पहिल्यै अभाव जन्मिसकेको थियो । जन्मिदा उनले ‘पहाडी अस्पतालको शैøया’ अर्थात् खुर्सानीबारीमा पहिलो पाइला टेकेका थिए रे ।
एसएलसी पूरा गरेका उनले नयाँ युगको खोजीका लागि थालिएको महायात्रामा आफूलाई ०५३ सालदेखि नै सहभागी गराए । ०५६ सालदेखि पूर्णकालिन कार्यकर्ता भएर हिडेपछि ०५९ देखि ०६१ सम्म अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्ष भएर सल्यानी विद्यार्थी आन्दोलनको इतिहासमा आप्mनो स्थान सुरक्षित गर्न सफल रहे । वर्गसंघर्षको एकपछि अर्को सफलता र मोर्चाबन्दीसँगै ०६१ साउनदेखि जनमुक्तिसेना नेपालको सदस्य भई महत्वपूर्ण जिम्मेवारी पूरा गरे । ०६३ साउनदेखि मंसिरसम्म कम्पनी कमिश्नरको जिम्मेवारी पूरा गरी त्यसपछिका बाँकी दिनहरु उनले वाइसिएल दाङको सक्रिय सदस्यको रुपमा बिताइरहेका छन् । हाल वाइसिएलका अतिरिक्त अखिल नेपाल लेखक संघ दाङको सचिव र नेकपा माओवादी दाङको सचिवालय सदस्यसमेत रहेका छन् उनी ।
वर्गसंघर्षको यात्रामा हिड्दा हिड्दै बितेका यी दसवर्षमा उनले अनेकौं घुम्ती र मोडहरु पार गरेका छन् । जीन्दगीको यो कालखण्डमा युद्धयात्राका कठिनभन्दा कठिन घडिहरु, दुःख, पीडा र चुनौतीका क्षणहरु त कत्ति हो कत्ति । सँगसँगै मोर्चामा अघि बढ्दै गर्दा छेऊकै साथी गोली निलेर ढल्दा पनि हरेस नखाई एक्लै अघि बढेका कयौं पीडादायी अनुभूतिहरु छन् उनीसँग । यिनै हातहरु हुन्, जसले कहिले मोर्चामा अघि–अघि बढ्दै बन्दुकको ट्रिगर दबाइरहेका हुन्थे, कहिले कविताका हरफहरु कोर्थे भने कहिले युद्धमोर्चामा लड्दालड्दै ढलेका सहयोद्धाका शवहरु जमिनमुनि गाडिरहेका हुन्थे । जीवन त्यस्तै थियो, दिनचर्या पनि त्यस्तै थिए । केवल देश र जनताको मुक्ति, स्वतन्त्रता र अधिकारका निम्ति ।
युद्धमोर्चाका यिनै दुःख, पीडा, आवेग– संवेग, हाँसो–रोदन र क्षति–उपलब्धिहरुलाई कविले शब्दमा उतार्ने प्रयास गरेका छन् कविता संग्रह ‘संघर्षका डोबहरु’ मार्फत । लासका पहाडहरु चुलिदै जाँदा पनि रगतका भेलहरु तर्दै अघि बढ्दाका सघन अनुभूतिहरुलाई उनले कवितामा पस्किएका छन् । उनका कविताका शब्द–शब्दमा राष्ट्रप्रेमको भावना छताछुल्ल पोखिएको छ । देशलाई बन्धकी राखेर विदेशीहरुको गुलाम बन्ने कथित् शासकहरुको विरुद्ध कवि कलम गोली ओकल्न तयार छ । जब देशको जमिनमाथि विदेशी डाँकाहरुको हस्तक्षेप हुन्छ, पराधीनताको बादलले जब आकासै ढाक्न थाल्छ त्यतिबेला दुनियाँको मुक्ति र स्वाधिनताका लागि देशले भीषण मुक्तियुद्धको साइरन बजाउन बाध्य हुनेछ । कवि यसरी बताउँछन् कविताका हरफमा –माटो अस्तित्व खोजिरहेको बेला
जहाँ अस्तित्व लुटिएको हुन्छ
राष्ट्रले स्वाधीनता चाहिरहेको बेला
जहाँ पराधीन हुन विवश हुन्छ
जनताले स्वतन्त्रताको बाजी गर्दा
जहाँ हत्कडी नेलमा छट्पटाइरहेको हुन्छ
त्यहाँ दुनियाँको उन्मुक्तिका लागि
साइरन बजाउन बाध्य हुनेछ देश ।
(देश साइरन बजाउनेछ)
कवि राष्ट्रियताप्रति अत्यन्तै संवेदनशील छन् । एउटा स्वतन्त्र देशको नागरिक हुनुको नाताले एउटा नागरिक र राष्ट्रबीचको सम्बन्धलाई कविले सटिक र सरल शब्दले चित्रित गरेका छन् । मातृभूमि हरेक नागरिकका लागि बाँचिरहेको छ भने हरेक नागरिक पनि मातृभूमिका लागि बाँच्नुपर्दछ । प्रत्येक नागरिकको धड्कनमा राष्ट्र निर्माणको भावना धड्किनुपर्नेमा कविले विशेष जोड दिएका छन् ।
म रोइरहेको बेला
मेरो देश रोइरहनेछ
म हाँसिरहदा
मेरो देश हाँसिरहनेछ
म मातृभूमिको लागि बाँचिरहेछु
मातृभूमि मेरो लागि
किनकि मेरो धड्कन
राष्ट्र निर्माणमा धड्किरहेछ ।
(चाहन्छु म, मेरो देश)
म रोइरहेको बेला
मेरो देश रोइरहनेछ
म हाँसिरहदा
मेरो देश हाँसिरहनेछ
म मातृभूमिको लागि बाँचिरहेछु
मातृभूमि मेरो लागि
किनकि मेरो धड्कन
राष्ट्र निर्माणमा धड्किरहेछ ।
(चाहन्छु म, मेरो देश)
यात्रा रोकिएको त छैन तर रोकिएझै लाग्छ । इतिहासको एउटा कालखण्डमा जन्मिदै गरेको नयाँ इतिहासका विरुद्ध फेरी पनि षड्यन्त्रका तानाबाना बुनिरहेका छन्, पर्दाभित्र र अँध्यारो कोठाहरुमा फेरी पनि खेल शुरु हुँदैछ– भइरहनेछ । त्यसैले, इतिहासको गति पकड्न अझैं कयौं दूरी लामो यात्रा जारी राख्नुपर्ने कवि उद्घोष गर्छन् । उनी यो समय गुपचुपमा साउती मार्ने बेला नभई इतिहासका कुडाकर्कट र फोहरका डंगुरहरुको नामनिसान मेटाउने बेला भएको बताउँदै वर्गमुक्तिको रातो यात्रा अझै जारी राख्न इतिहासका अभियन्ताहरुलाई खबरदारी गर्छन्–
खबरदार !
इतिहासका अभियन्ताहरु
यो बेला गुपचुप र साउती मार्ने
बेला होइन
सर्पलाई दुध पिलाउने
र सिंहलाई साँढेजस्तै पाल्ने
समय पनि होइन
रविको व्यग्र धुपमा
पलपल पोलिरहने मरुभूमिको
बालुवामा निखार्ने
अग्निकुण्डमा होमेर
नाम निशान मेटाउने बेला हो
जनमनहरुको भावना र आकांक्षाको
सत्य र यथार्थको पदार्पण गरेर
नूतन इतिहासको
प्रादुर्भावको समयमा
यात्रा जारी राख ।
(यात्रा जारी राख)
खबरदार !
इतिहासका अभियन्ताहरु
यो बेला गुपचुप र साउती मार्ने
बेला होइन
सर्पलाई दुध पिलाउने
र सिंहलाई साँढेजस्तै पाल्ने
समय पनि होइन
रविको व्यग्र धुपमा
पलपल पोलिरहने मरुभूमिको
बालुवामा निखार्ने
अग्निकुण्डमा होमेर
नाम निशान मेटाउने बेला हो
जनमनहरुको भावना र आकांक्षाको
सत्य र यथार्थको पदार्पण गरेर
नूतन इतिहासको
प्रादुर्भावको समयमा
यात्रा जारी राख ।
(यात्रा जारी राख)
सँगसँगै हाँसेखेलेका सहयोद्धाहरु युद्धमोर्चामा भिड्दाभिड्दै गोली पिएर ढल्दा पनि कवि रत्तिभर विचलित नभई साहसकासाथ कलम उठाउँछन् र लेख्न थाल्छन् सहयोद्धाको वीरता र साहसका गाथाहरु । पुरानो सत्ताका रक्षकहरुसँगको लडाईमा जसले जीन्दगीको कुर्वानी गरे, जो इतिहासमा अमर बनेर बाँचिरहे ती त विजयी खेलाडीहरु हुन् । सुराही खोलाको मोर्चाबन्दी लडाईमा शहादत प्राप्त गर्ने गृष्म, सगरमाथा, दर्पण र सुमनको सम्झनामा विजयी योद्धाहरुको महान विजयको खबर उनी यसरी लेख्छन् कवितामा ।
आदरणीय आमा !
खेलमैदानको खबर
अलि संवेदक छ
कतै मुटु चस्केला तर गर्व गर्नु
तपाईका सन्तानहरु
पुरानो बगैचाको मालीसँगको
अन्तिम जीतहारको खेलमा
सुराही खोलाको ऐतिहासिक खेलमैदानमा
गृष्म, सगरमाथा, दर्पण र सुमनहरु
एकैसाथ विजयी भएका छन्
यी त विजयी खेलाडीहरु हुन्
श्रद्धाका लागि
फूलमाला अबिर तयार गर्नू है ।
(विजयी भए खेलाडीहरु)
आदरणीय आमा !
खेलमैदानको खबर
अलि संवेदक छ
कतै मुटु चस्केला तर गर्व गर्नु
तपाईका सन्तानहरु
पुरानो बगैचाको मालीसँगको
अन्तिम जीतहारको खेलमा
सुराही खोलाको ऐतिहासिक खेलमैदानमा
गृष्म, सगरमाथा, दर्पण र सुमनहरु
एकैसाथ विजयी भएका छन्
यी त विजयी खेलाडीहरु हुन्
श्रद्धाका लागि
फूलमाला अबिर तयार गर्नू है ।
(विजयी भए खेलाडीहरु)
कवि जति वर्गवैरीप्रति निर्मम भएर कलम चलाएका छन्, देशप्रेम र स्वाधीनताका लागि संकल्पका साथ मोर्चामा कुद्ने अठोट लिएका छन्, त्यत्तिकै उनी आफैतिर फर्किएका छन् र महासमरको यात्रामा निरन्तर बढ्दै जाँदा हामी ठीक छौं या बेठीक ? जित्दैछौं या हार्दैछौं ? उनी आफैसँग घोत्लिएका छन् । उनले उपलब्धि र सफलताका बीचमा सम्भावनाका साथै गम्भीर चुनौतीहरुलाई पनि नजिकैबाट नियालेका छन् । जित्दै जाँदा हामी कतै हारिरहेका त छैनौं ? उनी आशंका, जिज्ञासा र चुनौतीको बीचबाट सुन्दर विजयको क्षितिज पनि देखाउन सक्षम भएका छन् । लचकता र दृढताको फ्यूजनभित्रबाट त्याग, समर्पण र बलिदान क्रान्तिको उर्जा बनेर वर्गसंघर्षको अन्तिम समर विजय अभियानमा लम्किरहेको कवि यसरी उद्घोष गर्छन् –
छौं त हामी ठीक छौं
जितिरहेका छौं जनसंघर्षको उत्सव
निरन्तर–निरन्तर
लचकताभित्रको दृढता
दृढताभित्रको लचकता
फ्युजन गरेर मुक्तिपथमा
सम्झौताभित्र संघर्षको ठेगान गरेर
जनसंघर्षको आँधीबेहरी चलिरहेछ
त्याग, समर्पण र बलिदान
ऊर्जा बनेर क्रान्तिको
सल्किरहेछ चिराग
जित्नको लागि सिंगो संसार
आह्वान गरिरहेको छ यसबेला
वर्गसंघर्षको अन्तिम समरमा ।
(अन्तिम समरमा)
छौं त हामी ठीक छौं
जितिरहेका छौं जनसंघर्षको उत्सव
निरन्तर–निरन्तर
लचकताभित्रको दृढता
दृढताभित्रको लचकता
फ्युजन गरेर मुक्तिपथमा
सम्झौताभित्र संघर्षको ठेगान गरेर
जनसंघर्षको आँधीबेहरी चलिरहेछ
त्याग, समर्पण र बलिदान
ऊर्जा बनेर क्रान्तिको
सल्किरहेछ चिराग
जित्नको लागि सिंगो संसार
आह्वान गरिरहेको छ यसबेला
वर्गसंघर्षको अन्तिम समरमा ।
(अन्तिम समरमा)
अखिल नेपाल लेखक संघ थारुवान राज्यसमितिले प्रकाशन गरेको उक्त कविता संग्रह जम्मा जम्मी ३९ वटा कविताहरु समाविष्ट छन् । कभरसहित ९० पृष्ठ रहेको कविता संग्रहको भूमिका युवाकवि गणेश भण्डारीले लेख्नुभएको छ भने बरिष्ठ समालोचक, सौन्दर्यचिन्तक तथा माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’को मन्तव्यले संग्रहको गरिमालाई झनै बढाइदिएको छ । आकृति ग्राफिक्सको साजसज्जा तथा आकर्षक कभर डिजाइनले सजिएको उक्त संग्रह रुप र अन्तर्वस्तुको कसीमा राखेर दाँज्दा ५० रुपैयाँ सस्तो नै लाग्छ ।
पश्चिम नेपालको भौगोलिक पृष्ठभूमि, गरिब, असहाय, उत्पीडित, उपेक्षित जनसमुदाय माथिको शोषण दमन र त्यसका विरुद्ध उठेको विद्रोहका आवाजहरु कविताका पंक्ति–पंक्तिमा गुञ्जिएका छन् । कविताहरु कतै युद्ध लड्छन्, मोर्चामा लड्दालड्दै सहिद बनेका सहयोद्धाहरुको महान उत्सर्गको खबर लिएर बुढा बाआमाकहाँ पुग्छन् कविताहरु । सारमा यति भन्न सकिन्छ कि प्रतीकले ‘संघर्षका डोबहरु’मार्फत आँधिमय संघर्षका यात्राहरुको एउटा जीवन्त तस्बीर उतारेका छन्, जसले युग परिवर्तनको महाअभियान, विश्वसर्वहारावर्गको ढुकढुकी नेपाली जनयुद्धको थोरै भएपनि झझल्को दिलाउन सफल भएको छ ।
म सम्मान गर्छु, साहित्यका पण्डितहरुलाई । तर, सिकेर गर्ने उनीहरुको सिद्धान्तप्रति म सहमत छैन, गरेरै सिकिन्छ, सिक्ने कुरा कहिल्यै सकिदैन । ठीक यहीनेर कसैले प्रतीकका कविताहरु सिद्धान्तका फेहरिस्तहरु पल्टाउदै समिक्षा गर्न थाले नाराबाजी र चर्को आवाजजस्तो होलान् । उनीहरुका लागि यी कविताहरु त्यस्तै हुन्, जस्तो उनीहरु सोच्दछन् तर यथार्थमा यी कविताहरु रगतको भेलबाट जन्मिएका रक्तकोषिकाहरु हुन्, जसको रगतको थोपा–थोपाले सिंचिएर नयाँ नेपालको जग बन्दैछ । बमबारुदको संगीतमय गर्जनसँगै निस्किएका आवेग, आक्रोश, कासन र चित्कारका शब्दबिम्बहरु हुन्, त्यसैले यी कविताहरुको कसैले अवमूल्यन गर्छ र कथित् सिद्धान्तको तराजुमा राखेर तौलने कुचेष्टा गर्छ भने उसले समग्र जनयुद्धको अवमूल्यन गरेको ठहर्नेछ । प्रतीकले युद्धमोर्चामा जे देखे, जे भोगे, त्यही लेखे, पण्डितहरुको सिद्धान्तभन्दा धेरै पर, धेरै उँचाईबाट उनले कलम चलाएका छन् । यसर्थ उनका कविता उत्कृष्ट छन्, काव्यिक चेतनाको उँचाईलाई चुमेका छन् । भूमिकामा कवि गणेश भण्डारीले लेखेझैं ‘यी कविताहरु जनयुद्धका जीवन्त क्यान्भासहरु हुन् ।’
सिर्जना कार्य आफैमा ज्यादै कठीन हुँदोरहेछ । कविता लेख्दै जाँदा कवि प्रतीकले थुप्रै कठीनाई र पीडा झेलेका छन् । यति हुँदाहुँदै केही शब्द चयन र संयोजन, लयात्मकता, वाक्य रचनाजस्ता विषयमा उनले थप प्रयास गर्नु आवश्यक देखिन्छ । त्यस्तै सिर्जन कार्यमा निरन्तर साधना, उत्साह र अभिरुचिको उत्तिकै महत्व हुने गर्दछ । यसतर्फ पनि कवि सधैं सचेत रहनुपर्दछ ।
अन्त्यमा, समय गतिशील छ– हरपल लम्किरहन्छ अघि–अघि । लाग्छ, कहिलेकाँही म समयभन्दा अघि नै छु तर समय धेरै पर गइसकेको हुन्छ । कवि समय र आफूलाई त्यसरी नै तुलना गर्छन् ।
समय लम्किरहेछ अघि–अघि
र, म समयलाई
पछ्याउँदै–पछ्याउँदै लम्किरहेछु
कहिले समय पछ्याउँछ मलाई
कहिले म पछ्याउँछु समय
पुरातनको अलबिदामा
नूतनको समय पछ्याउँदै
रातो सिपाही बनेर
म लम्किरहेछु यतिखेर ।
समय लम्किरहेछ अघि–अघि
र, म समयलाई
पछ्याउँदै–पछ्याउँदै लम्किरहेछु
कहिले समय पछ्याउँछ मलाई
कहिले म पछ्याउँछु समय
पुरातनको अलबिदामा
नूतनको समय पछ्याउँदै
रातो सिपाही बनेर
म लम्किरहेछु यतिखेर ।





