दाङ, १४ कार्तिक । राष्ट्रिय जनमोर्चानिकट विभिन्न संगठनमा कार्यरत कार्यकर्ताहरुले पार्टी सरकारमा जाने निर्णयको विरोध गरी असन्तुष्टि सार्वजनिक गर्नु गल्ती भएको स्वीकार गरेका छन् । शुक्रवार संयुक्त बक्तव्य प्रकाशित गरी उनीहरुले त्यस्तो गल्ती स्वीकार गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाले सरकारमा जाने निर्णय गरेपछि विज्ञप्तिमार्फत असन्तुष्टि सार्वजनिक गर्नेहरुमा जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीकाबहादुर विश्वकमा, अखिल नेपाल युवक संघ दाङका सचिव
लीलाबहादुर पुन, प्रगतिशील पत्रकार संघ दाङका उपाध्यक्ष बलदेव विश्वकर्मा, राजमो सैघा गाविस अध्यक्ष मंगल घर्ती र अखिल नेपाल युवक संघ दाङका सदस्य जागेश्वर न्यौपाने रहेका थिए । उनीहरु सबैले संयुक्त विज्ञप्ति जारी गरी आफ्नो विचार वा मत पार्टीभित्र प्रकट गर्ने संगठनात्मक पद्धतिविपरीत असन्तुष्टि सार्वजनिक गर्नु गलत भएको स्वीकार गरेका छन् ।
विज्ञप्तिमा कतिपयलाई पार्टी परित्याग गरेको भ्रम पर्न गएकोले आफूहरु राजमोमै सक्रिय रहँदै आएको स्पष्ट पारिएको छ ।