दाङ, १२ कार्तिक
दशै बिदामा घर गएका दाङका कार्यालय प्रमुख र कर्मचारीहरु अझै कामकागमा फर्केका छैनन । दशै बिदा सकिए पनि अझै कार्यालयमा उपस्थित नभएको जिल्ला प्रशासन कार्यृलय दाङले जनाएको छ ।
यसैविच, दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले दशै बिदामा गएका कार्यालय प्रमुख र कर्मचारीलाई छिटो कार्यालय फर्कन निर्देशन दिनुभएको छ । दशै बिदा सकिए पनि अझै कार्यालयमा उपस्थित नहुदा नागरिकहरुको सेवामा असर परेकाले छिटो हाजिर हुन निर्देशन दिनुभएको हो ।
प्रशासनमा भएको कार्यालय प्रमुखहरुको नियमित बैठकमा प्रमुख जिल्ला अधिकारी पौड्यालले कार्यालय नफर्केका प्रमुख र कर्मचारीहरुलाई तीन दिनभित्र उपस्थित भई सेवालाई प्रभाबकारी बनाउन निर्देशन दिनुभयो ।।




