दाङ, १२ कार्तिक
दाङमा अस्ती आएको पेट्रोलियम पदार्थ वितरण गरिएको छ । पाँच वटा पम्पबाट पेट्रोल र दश वटा पम्पबाट डिजेल बितरण गरिएको हो । घोराही क्षेत्रमा मनकामना, फेमस, भ्याली, चन्द्रसूर्य, अरुणोदय, केएसएम र नेहा पम्पबाट डिजेल बिक्रि गरिएको हो ।
उता तुलसिपुरको सूर्य ट्रेडर्स, सञ्जात इन्टरप्राईजेज र मृनाल पम्पबाट डिजेल बिक्रि भैरहेको छ । सबै पम्पहरुमा प्रहरी खटाएर सिमित मात्रामा इन्धन गरिएको छ । डिपोले प्रत्येक पम्पहरुलाई ४ हजार लिटरका दरले डिजेल उपलब्ध गराएको थियो ।
यसैगरी घोराहीको योगी र डिके पम्पबाट मोटरसाईकललाई पाँच सय र कारलाई एक हजार रुपैयाँको पेट्रोल वितरण गरि सकिएको छ । उता तुलसिपुरको भ्याली र हाम्रो पहुँच र नारायणपुरको तिर्थ आयल स्टोरबाट पेट्रोल वितरण गरिएको हो ।
घोराही, तुलसिपुर र नारायणपुरका लागि हिजो ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल गरी ६० हजार लिटर पेट्रोलियम पदार्थ आएको थियो ।।




