ताजा अपडेट

...


कालोबजारी र मिसावटवारे प्रशासनको चासो



रेखा मगर
दाङ, १२ कार्तिक
दाङमा पेट्रोलियम पदार्थमा कालोबजारी र मिसावट भएको गुनासोसंगै प्रशासनले अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अधिकृत स्तरको कर्मचारीहरुको टोली परिचालन गरी जिल्लाका ३ वटै स्थानमा अनुगमन थालेको दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिनुभयो ।

रेडियो मध्यपश्चिमको कार्यक्रम खवरपत्रिकासंग कुरा गर्दै पौड्यालले दाङका घोराही, तुलसीपुर र लमहीमा पेट्रोलियम पदार्थको कालोबजारी र मिसावटवारे अनुगमन थालिएको वताउनुभयो । पेट्रोलियम पदार्थको अभाबको बेला दाङमा कालो बजारी र मिसावट व्यापक हुने गरेको पाइएको छ ।

मधेसी दलहरुको नाका बन्दीमा भारतको सघाउले इन्धन आयातमा अबरोध हुदा त्यसैको मौका छोपी दाङका बजारहरुमा व्यापक मात्रामा कालो बजारी र मिसावट भएको पाइएको हो । २ सय देखी ५ सय रुपैयाँ सम्म प्रति लिटर पेट्रोल गोप्यरुपमा विक्रि भैरहेको छ । कृष्णनगर, कोइलावास र रुपैडिया नाकाबाट दाङमा भित्र्याएको पेट्रोलको मूल्य २ सय देखी ५ सय रुपैयाँ प्रतिलिटरमा बिक्रि गर्ने गरेका हुन ।

प्राय मोटरसाईकल वर्कसप सञ्चालन गर्नेहरुले जरकिनबाट जिल्लामा तेल भित्र्याएर  चर्को मूल्यमा गोप्यरुपमा बिक्रि गर्ने गरेका छन् । यसरी गोप्य रुपमा विक्रि गरिने तेलमा विभिन्न पदार्थ मिसावट हुँदा दर्जनौ मोटरसाईकल विग्रिएका छन । अधिकांश व्यक्तिहरुले त्यसरी ल्याइएको पेट्रोल चर्को मूल्यमा किनेर प्रयोग गरेका छन् तर विक्रि गर्नेका बारेमा वर्कसपबाट हालेको भने पनि अरु कुनै कुरा खुलाउन चाहादैनन् । 

अभावको मौका भन्दैमा जथाभावी मिसावट गरिएका पट्रोलीयम पदार्थ नकिन्न र प्रयोग नगर्न प्रशासनले सवैमा आग्रह गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी पौड्यालले कालो बजारी र मिसावट गर्नेहरुका बारेमा आफुहरुलाई सूचना दिन आग्रह गर्नुभयो ।  कालोवजारी र मिसावट रोक्न नागरिकको भुमीका महत्वपुर्ण हुने भन्दै पौड्यालले  त्यस्तो कार्य गर्नेहरुलाई कानुन अनुसार कार्वाही गरिने वताउनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.