रेखा मगर
दाङ, १४ कार्तिक
समाज रुपान्तरण र देश विकासका लागी युवाहरुको भुमीका महत्वपुर्ण हुनेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । सार्थक युवा क्लव लक्ष्मीपुर दाङको १० औं साधारणसभा तथा महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुले यतिवेला चनाखो हुँदै देशको लागी सोच्ने वेला आएको वताएका हुन ।
आज लक्ष्मीपुर ४ गोग्लीमा क्लवका अध्यक्ष विलाश घिमिरेको अध्यक्षता तथा नवदुर्गा टोल विकास समिति लक्ष्मीपुरका अध्यक्ष तुलसीराम पन्त विमलको प्रमुख आतिथ्यता र एकिकृत नेकपा माओवादीका लक्ष्मीपुर गाविस सचिव सुमन रोकाको विशिष्ट आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको हो ।
उपाध्यक्ष मनिस विसीको स्वागतवाट सुरु भएको साधारणसभामा कोषाध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले आर्थिक र सचिव विवेक आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा कलाकार मुनाल घिमिरे, रामविर चौधरी लगाएतले आफ्नो भनाई राख्नुभएको थियो ।
यसैविच, साधारणसभाले किशन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा जगत राना, सचिवमा गिरवहादुर महरा, कोषाध्यक्षमा दिपेन्द्र कुमार श्रेष्ठ, सहसचिवमा अमिता राना रहनुभएको छ ।।