ताजा अपडेट

...


नेपाली पर्व र धार्मिक सहिस्णुता




 दिपक घिमिरे 
हिन्दुहरुको महान चाड बिजया दशमी नेपालीहरुले उल्लासमय तरिकाले मनाउने गर्दछन । हिन्दुले मात्र मान्ने बिजया दशमी पुरै पन्द्र दिन बिभिन्न कार्यक्रम गरी मनाईरहदा यस क्षेत्रमा बसोबास गर्ने अन्य धर्मका नेपालीले कसरी समय बिताउछन भन्ने चासो सबैको हुन्छ । दशै मान्ने हिन्दुहरु ले दशैको पन्द्र दिन लाई उल्लासमय बनायर बिताईरहेको समयमा अन्य धर्म मान्ने नेपाली पनि यो दशैको समयमा हिन्दु सँगै मिलेर रमाईलो गर्ने गरेको बताउछन अहमद हुसेन  ।

        नेपालगंज स्थाई घर भयर ब्यापारको सिलसिलामा तुल्सीपुरमा बस्दै आयका हुसेनले दशैको समयमा रमाईलोमै दिन बित्ने बताय । उनले भने  ‘ नेपाली रहन सहन रमाउन सिकेकै कारणले होला खासै नरमाईलो लाग्दैन मलाई । खानपानमा अलिकती संस्कार मिल्दैन त्यसैले नेपाली साथीभाईको घरमा गयर खाने चै हुदैन तर सँगै रमाईलो गर्ने , नेपाली हिन्दु युवाहरु सँग घुमघाम गरेर दशै मनाउने गर्दछौ । ’ उनका अनुसार दशैका पन्द्र दिन रमाईलो गरेर बित्दछन । उनले थपे

    धर्मले एक अर्कालाई छुट्टायता पनि सामाजिक रहनसहन कै कारणले पनि बिजया दशमी मा रमाउन सिकेको बताउछन बाके जिल्ला घर भई बिगत लामो समय देखि तुलसीपुरमा ब्यापार गर्दै आयका सबिर कुरैसी । नेपाली दाजुभाईले मनाउने हरेक चाडपर्बमा आफुहरु मन खालेर खुशीयालीमा रमाउने गरेको उनको भनाई छ । उनले भने ‘ धर्म ले खानपानमा अलिकती छुट्टाई दियको छ , जस्तो हामी मासु हलाल गरेको मात्र खान्छौ त्यसैले हिन्दुका घरमा मासु मात्र खाईदैन तर अरु खानपिन देखी रमाईलो गर्ने कुरामा हामी न त उहाहरु लाई छुट्टाउछौ न त उहाँहरु हामीहरुलाई । त्यसैले यो दशै समग्र नेपालीको हो , हामी यस्तो पर्बमा मन खोलेर रमाउने गर्दछौ । ’ कुरैसीका अनुसार दशैमा उनलेपनि आफ्ना हिन्दु साथीभाईलाई शुभकामना दिने गर्दछन । उनले थपे ‘ हाम्रा मुस्लीमका चाडपर्बहरु जस्तै ईद , रमजान हरुमा हिन्दु साथीहरुले हामीहरुलाई बधाई तथा शुभकामना दिनुहुन्छ र हामीपनि हिन्दुका चाडपर्वमा शुभकामना आदानप्रदान गर्ने गर्दछौ । यहिनै त धार्मीक सहिष्णुता हो । ’

   सबिर कुरैसीकै जस्तै रमाईलो गरेर अनि शुभकामना आदान प्रदान गरेर दशै खुसीयाली पुर्वक मनाउने गरेको बताउछन घोराही –१० निवासी असलम कुरैसी । सदियौ देखी एक आपसमा खुशी साटासाट गरेर मनाउदै आयका चाडपर्वहरुमा एक अर्काले भेदभाब नगरी खुशीमा साथ दिने उनको भनाई छ । उनले भने ‘ हामी दाजुभाईको नातामा सदियौ देखी मिलेर बस्दै आयका छौ , यसमा हामी पनि दशै , दिपावली लाई आफ्नै पर्वको रुपमा लिने गरेका छौ त्यसैले यो चाडपर्वमा हामी पनि त्यती र्नै खुशी हुन्छौ जति हिन्दु दाजुभाई हरु हुन्छन । ’

     रमजान , ईद जस्ता आफ्ना मुख्य पर्वकै रुपमा दशैलाई पनि लियको बताउछन घोराही –१० निवासी युवा महम्मद जाबेद । खानपिन र साथीभाई सँग घुमघाम गरेर हिन्दुले जस्तै गरेर दशैमा रमाउने गरेको उनले बताय । उनले भने  ‘ घरमा हामी पनि उत्तीनै रमाउछौ , जति हिन्दु परिवार यो दशैमा रमाउछन हामी पनि त्यतीनै रमाउछौ तर फरक यत्ती छ कि हामी मुस्लीम धर्म मान्छौ । ’ उनले थपे ‘ हाम्रा पर्वमा उहाँहरु हामीलाई शुभकामना दिनुहुन्छ , हामी उहाँहरुको पर्वमा शुभकामना दिन्छौ , यो नै धार्मीक सहिष्णुता हो । ’

    नेपाली हौ भन्न रुचाउने हरु यो दशैमा पनि रमाउने गरेको सबिर कुरैसीको बुझाई छ । उनले भने ‘ हामी हरेक नेपालीले एक अर्काको चाडपर्वमा रमाउन सिक्नु पर्दछ । हरेक चाडपर्वमा शुभकामना आदान प्रदान गर्न सक्नु र रमाउन जान्नु नै नेपालीपन हो । 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.