ताजा अपडेट

...


मधेशको समस्या समाधान गर्न सेना परिचालन गर्ने तयारिमा सरकार



 मधेशी मोर्चाको दुई महिना देखि जारी आम हडतालका कारण ठप्प रहेको देशको प्रमुख नाका वीरगञ्जमा सरकारले सेना परिचालनको तयारी गरेको छ ।

सरकारले मालबाहक ट्रकको सुरक्षाका लागि उक्त क्षेत्रमा सेना परिचालन गर्न लागिएको वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताएका छन् ।

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले शुक्रबार नेपाल चेम्बर अफ कमर्सको टोलीसँगको भेटमा आन्दोलनकारी दलका कार्यकर्ताले मालवाहक ट्रकमा आगजनीका घटना नरोकेकाले सरकारले त्यस क्षेत्रमा सेना परिचालनको तयारी गरिरहेको बताएका हुन्।


सेना परिचालनका विषयमा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको र प्रधानमन्त्री ओली पनि सकारात्मक भएकाले जनताको सुरक्षाका लागी छिटै त्यस क्षेत्रलाई सामान्य बनाउन सेना परिचालन गर्ने मन्त्री पुनले बताए। 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.