ताजा अपडेट

...


मन मिल्नेसँग सेक्स अनुभव गर्न चाहन्छु




रञ्जिता लिम्वु, मोडल
पछिल्लो समय नेपाली कलाकारहरु सेक्सको विषयमा खुलेरै बोल्न थालेका छन् । केही वर्ष समय पहिलेसम्म सेक्सको विषयमा बोल्नै नचाहनेहरु अहिले यसलाई प्राकृतिको नियमभन्दै खुलेरै अभिव्यक्ति दिन थालेका छन् । ताप्लेजुङमा जन्मेर काठमाडौंमा कर्मथलो बनाएकी मोडल रञ्जिता लिम्वु पनि सेक्सको विषयमै खुलेर कुरा गर्न चाहन्छिन् । सेक्स सामान्य विषय भएकाले यसलाई हाउगुजी बनाउन नहुने उनको भनाई छ । मन मिल्ने साथि भेटिएमा विहे अघि सेक्स अनुभव गर्ने चाहना हुनको छ । विभिन्न विषयमा केन्द्रित भएर लिम्वुसँग इन्द्रेणी अनलाईनका कला सम्पादक पाण्डव शर्माले गरेको कुराकानि ।

आजभोली के गर्दै हुनुहुन्छ ?
अहिले म विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय गरिरहेको छु । तिहारभन्दा अगाडी एउटा सांस्कृतिक कार्यक्रमका लागि झापा जानुपर्ने छ त्यसको तयारी गरिरहेको छ । तिहार लगत्तै कतारमा एउटा सांस्कृतकि कार्यक्रमका लागि जानुपर्ने छ ।

अहिलेसम्म कतिओटा म्यूजिक भिडियोमा मोडलिङ गर्नुभयो ?
दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा खेलिसकेको छु ।

कलाकारितामा किन लाग्नुभयो ?

मान्छे आफ्नो रुचि अनुसारको पेशा अवलम्वन गर्ने हो । म बच्चै देखि नाटक तथा डान्समा विशेष रुचि राख्थे । पछि यहि विषय अध्ययन गरे । अहिले यहि क्षेत्रमा समय बिताउँदै छु ।

कुन विषय पढ्नुहुन्छ ?
म पद्मकन्या क्याम्पसमा नृत्य विषयमा स्नातक अध्ययन गरिरहेको छु ।

कस्ता मूभिमा खेल्न मन छ ?
मलाई एक्सन प्रधान र लभस्टोरी मूभिहरुमा खेल्न मन छ ।

लभ स्टोरीमा नै किन ?
संसार लभमा अडिएको छ । हामी कलाकारले समाज अनुसार नै अभिनय गर्ने हो ।
लभ स्टोरी मन पर्छ भन्नुभयो ।

प्रेमको चक्करमा पर्नुभएको छ कि ?
अहिले त्यस्तो त छैन ।

व्वाएफ्रेण्ड छ ?
थियो ।

अहिले नि ?
छैन

सेक्स अनुभव ?
अहिलेसम्म छैन ।

विहे अगाडी सेक्स अनुभव गर्ने
मन छ कि ?
मन मिल्ने साथि भेटेमा विहे अगाडी अनुभव लिने सोच छ । तर अहिलेसम्म मन मिल्ने साथि भेटेको छैन ।

विहे कहिले गर्ने नि ?
अब दुई वर्षपछि गर्नुपर्ला ।

मन पर्ने नायक ?
राजेश हमाल

मन पर्ने नायिका ?
मिथिला शर्मा

केटा मान्छे देखेपछि सबैभन्दा पहिले कुन अंग हेर्नुहुन्छ ?
सबैभन्दा पहिले अनुहार नै हो । त्यसपछि वडिस्टक्चर हेर्छु ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.