ताजा अपडेट

...


राप्ती उपक्षेत्रीय अस्पतालको सेवा स्तर उठेन



        स्वास्थ्य सेवा आम नेपालीको मौलिक अधिकार हो भनेर संविधानमा लेखिएको छ, सोही अनुसार नागरिकलाई सर्वसुलभ स्वास्थ्य दिनु पर्ने व्यवस्था छ । संविधानले नै प्रदत्त गरेको आधारभूत अधिकार राप्तीबासीका लागि भने त्यत्ति सार्थक बन्न सकेको छैन । राप्तीका नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिने गरि दाङको घोराहीमा स्थापना भएको राप्ती उपक्षेत्रीय अस्पताल व्यवस्थापनको अभावमा नागरिकको गुनासो गर्ने थलो बनेको छ ।
धनिराम शर्मा
अस्पतालले स्तरवृद्धीसंगै  सेवा सुविधामा वृद्धि गर्न नसकेको आरोप लाग्दै आएको छ ।  राप्तीका करिब १५ लाख नागरिकको स्वास्थ्य सेवा दिने दायित्व बोकेको राप्ती उपक्षेत्रीय अस्पतालमा अझै सेवा सुविधामा गुणस्तरता आउन सकेको छैन ।विस २०१६ सालमा महेन्द्र अस्पतालको नाँउले स्थापना भएको पुरानोे अस्पताल हो । विसं २०६५ सालमा जिल्ला अस्पतालबाट उपक्षेत्रीय अस्पतालको रुपमा स्तर वृद्धी भएकोे हो । एक सय शैया सुविधा भएको यस अस्पतालमा सेवाग्रहीले सहजै सेवा पाउन नसकेको गुनासो छ ।
अस्पताल व्यवस्थापनको कमजोरीका कारण सेवा लिन सहज नभएको उनीहरुले बताएका छन्  । पूर्वाधार राम्रो भएर पनि उपक्षेत्रीयमा सेवा सुविधा अस्तव्यस्त भएकोले बिरामी र बिरामीका कुरुवाले गुनासो गरेका छन् । सबै सुविधा भए जस्तो देखिएपनि सेवा सुविधा लिँदा सर्वसाधारणलाई हैरानी भएको बिरामी कुरुवा  राजेन्द्र गौतमले बताए  । सरकारी अस्पताल भएपनि झमेला झन्झट  र लथालिंग भएको  गौतमको दुखेसो छ ।
एक सय एक्काइस द/बन्दी रहेको अस्पतालमा १३ जना विशेषज्ञ १३ जनरल गरि २६ जना डक्टर कार्यरत छन् । यी डक्टरहरुले राप्तीबासीलाई स्वास्थ्य सेवा दिने जिम्मेवारी छ । अस्पतालमा बालरोग विशेषज्ञ, प्रसुती रोग विशेषज्ञ रहेका छन् । दैनिक करिब ४ सय बिरामीको सबैखाले स्वास्थ्य सेवा प्रदान गर्न ८७ स्वास्थ्यकर्मी देनिक खटिने गर्दछन् । तर दरबन्दी अनुसार स्वास्थ्यकर्मी अप्रयाप्त  भएको अस्तपताल श्रोतले बताएको छ । उपलब्ध जनशक्तिले  सर्वसाधारणको सेवा दिने गरेका छन् भिडिग्राफी इण्डोस्कपी, फोटोथेरापी, फिजिओथेरापी, इको कोर्डियोग्राफी, ल्याब सामाग्री  ८ बेडको इर्मजेन्सी सेवा उपलब्ध छ ।  सरकारी मापदण्ड अनुसार राप्ती उपक्षेत्रीय अस्पताललाई उत्कृष्ट अस्पतालमा दर्ज गरिएको छ ।  तर सर्वसाधारले पाउने सेवा सुविधामा लापरवाही भएको बिरामी आफन्तहरु बताउछन् । बच्चालाई लिएर अस्पताल पुगेकी मीना राइले सरकारी अस्पताल भएपनि कुनै सेवा सुविधा गतिलो नभएको बताइन् । सरकारी अस्पताल भनेर आएपनि गतिलो सेवा सुविधा पाउन नसकेको प्रतिक्रृया उनले दिइन् ।
झण्डै ६ विगाह क्षेत्रफलमा अवस्थित अस्पतालसंग अत्याधुनिक भवनसहित १६ भवनहरु अस्पताल परिसरमा छन् । अस्पतालले स्वास्थ्य सम्बन्धी आमा सुरक्षा कार्यक्रम, एकिकृत स्वास्थ्य सेवा कार्यक्रम, परिवार नियोजन इत्यादी कार्यक्रम पनि संचलन गरेको छ । २०७१ चैत्रदेखि सय बेडमा बिरामी उपचार दिन थालेको अस्पताल आधारभूत रुपमा सन्तोषजनक देखिएपनि सेवा गुणस्तरमा प्रश्न उठिरहेको छ । उपक्षेत्रीयको स्तर भएपनि अस्पताल पुगेका बिरामी रिफर गर्ने गरेको आरोप पनि छ अस्पताल व्यवस्थापनलाई  ।
 यति मात्र होइन डाक्टरहरु निजी क्लिकमा बढी समय दिने भएकोले नागरिकले पर्याप्त सेवा पाउन नसकेको आम गुनासो छ । आधारभूत पूर्वाधार भएर पनि अस्पतालमा सेवाग्राही गतिलो सेवा पाउन नसकेको उनीहरुको दावी छ ।
यही गुनासो लिएर हामीले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विकास देवकोटसंग जिज्ञासा राख्दा सेवामा कुनै कमी नभएको दावी गरेका छन् । अस्पतालमा सेवा लिन आउने बिरामीका लागि अस्पताल परिसरमा कुनै समस्या नभएको बताए । केही विशेष बिरामी बाहेक अन्य सबैखाले बिरामीको उपचार हुने गरेको उनले बताए, अस्पतालमा केही सामान्य समस्या भएपनि सम्रगतामा असहज नभएको उनको प्रतिक्रृया छ ।
हो स्तरवृद्धीसंगै अस्पतालले नागरिकलाई सेवा दिन तत्परता  देखाउनुपर्छ , कमजोर व्यवस्थापनलाई सुधार्दै राज्यले प्रदत्त गरेको आधारभूत स्वास्थ्य सेवामा अस्पताल प्रशासन गम्भिर हुन आवस्यक छ भने नागरिक पनि आफूले पाउने सेवा सुविधा लिन जागरुक हुन आवस्यक छ । यति भएमा राज्यको लक्ष्य र उदेश्य पुरा हुन सक्छ , अस्पताल व्यवस्थापनले पनि जस पाउँछ भने नागरिकले सेवा सविधा पाउन सक्छन् ।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.