ताजा अपडेट

...


नयाँ संविधालने उत्पीडनमा परेका समदुदायलाई उच्च स्थानमा पुर्याएकोछ महरा



     
एमाओवादीका महासचिव कृष्णबहादुर महराले नयाँ संविधालने उत्पीडनमा परेका समदुदायलाई उच्च स्थानमा  ल्याएको  बताए । सभामुख र उपसभामुखको निर्वाचन भएपछि पहिलोपटक शनिबार बसेको व्यवस्थापिका संसदको बैठकामा सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।
 
   स्कुलामा अध्यापन  गर्दा आफ्नो विद्यार्थी भएकी सभामुख घर्तीलाई बधाई दिदै महराले भने  मैले पढाएको विद्यार्थी सभामुखकोरुपमा पाउँदा मलाई निकै बढी खुसी लागेको छ ।’
रुपान्तरित संसदका अगाडि ठूला चुनौतिहरु छन। समस्याको समाधान गर्न नवनिर्वाचित सभामुख र उपसभामुखलाई सफलताको सुभकामना छ ।

नेपालको संविधान २०७२ पनि संसदको भासमुख र उपसभामुखजस्तो गरिमामय पदमा समावेसी बनाउन सकेकोमा हामीले गर्व गर्नुपर्ने बताउँदै नयाँ संविधालने उत्पीडनमा परेका समदुदायलाई यो ठाउँसम्म ल्याएको महराले बताए ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.