दाङ, १० कार्तिक । रापति समाज काठमाडौले हरेक बर्ष आयोजना गर्दै आएको ‘रापति म्यूजिक अवार्ड’ यसबर्ष दाङमा हुने भएको छ ।
समाजले ४ बर्षदेखी आयोजना गर्दै आएको अवार्ड अन्तरगत चौथो अवार्ड यसवर्ष दाङमा गर्ने भएको हो । समाजले यही मंसीर १ गते घोराहीमा भव्य सांस्कृतिक कार्यक्रमका साथमा अवार्ड प्रदान गर्ने समाजले बताएको छ । समाजले २४ नियमीत विधामा अवार्ड दिदै आएको छ भने यसबर्षदेखी ३ वटा विधा थप गरि २७ वटा अवार्ड प्रदान गरिने छ ।
यसबर्षदेखी रापति म्यूजिक अवार्डमा पब्लीक च्वाईस अवार्ड, एसएमएस च्वाईस अवार्ड र जुरी अवार्ड थप गरिएको छ । यसैगरी यसबर्ष ६ जनालाई सम्मान तथा पुरस्कृत पनि गरिने समाजले बताएको छ । वैशाखमा आयोजना गरिएको यस कार्यक्रम भुकम्पका कारण पछि स्थागीत भएको थियो ।
रापति क्षेत्रका श्रष्टाको सम्मान र प्रोत्साहनकालागी यसबर्ष दाङमा नै अवार्ड प्रदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष शशी शर्मा मज्गैयाले जानकारी दिनुभयो । मध्य पश्चीम र सुदुरपश्चीममा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रका श्रष्टाहरुलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।
साथै राप्तीका चर्चीत कलाकारहरुको प्रस्तुतिको साथमा हुने भव्य सांस्कृतिक कार्यक्रमसँगै हुने ‘रापति म्यूजिक अवार्ड २०७१’ कार्यक्रमलाई सफल पार्नकालागी उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।




