ताजा अपडेट

...


एमालेको जनजागरण अभियान शुरु



केशर रोका
प्यूठान, ११ कात्तिक । नेकपा एमाले प्यूठानले आजदेखि ‘नेपालको नयाँ संविधान र आगामी कार्यभार’ नामक राष्ट्रिय जनजागरण अभियान–२०७२ शुरु गरेको छ । ढुंगेगढीबाट शुरु हुने अभियान कात्तिक २० गते सदरमुकाम खलंगाबाट समापन हुनेछ ।
कार्यकर्ता भेटघाट, प्रशिक्षण र नेपालको संविधानमा समावेश गरिएका विषय वस्तुहरुको वारेमा सर्वसाधरण जनतालाई जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी गराउनुभयो ।
विभिन्न पार्टी परित्याग गरी नव आगन्तुक एमालेलाई पार्टी प्रवेश गराउने कार्यक्रम सहित संविधानका विशेषतावारे पार्टी कार्यकर्ता र सर्वसाधरणलाई जानकारी गराउन नेकपा एमालेका उपाध्यक्ष तथा निवर्तमान उपप्रधान एवं गृहमन्त्री बामदेव गौतम आउने कार्यक्रम तय भएको एकालेले जनाएको छ ।
गत असोज २३ गते बसेको जिल्ला कमिटीको दशौँ बैठकले जिल्लाका आठ वटा कलस्टरहरुमा कार्यक्रम गर्ने निर्णय गरेको उप–सचिव मधुर शर्माले जानकारी गराउनुभयो । बडडाँडा, भिंगृ, बरौला, ठूलावेसी, मच्छी ढाँड, खवाङ÷बाहाने र विजुवारमा कार्यक्रम गरी २० गते सदरमुकाम खलंगामा अभियानको समिक्षा सहित समापन गर्ने योजना तय भएको उहाँले बताउनुभयो ।
आज बडडाँडामा हुने कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख तथा पर्यटन विभाग प्रमुख सूर्य थापा, नेकपा एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा, निवर्तमान अध्यक्ष हरि प्रसाद रिजाल, उपाध्यक्ष हुकुम बहादुर खड्का, सचिव मोहन जि.सी., उपसचिव मधुर शर्मा लगाएत नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.