ताजा अपडेट

...


एसएसपी न्याैपानेका बडिगार्ड भन्छन् ‘हामीसँग रबरका गोली र अश्रुग्यासमात्र थियो’




काठमाडौं, भदौ १०/ टीकापुर घटनामा घाइते भएका एसएसपी लक्ष्मण न्यौपानेका बडिगार्ड मानबहादुर मगरले आफूहरुसँग रबरका गोली र अश्रुग्यासबाहेक दंगा नियन्त्रण गर्ने कुनै उपकरण नभएको बताएका छन्न । उनले भने-‘आन्दोलनकारी निषेधित क्षेत्र प्रवेश गरेपछि एसएसपीसा’ब सम्झाउँदै हुनुहन्थ्यो । यसैबीच चार पाँच हजारको संख्यामा रहेका आन्दोलनकारीले चारैतिरबाट हामीलाई घेरा हाले । र कुटपिट गर्न थाले ।’ नयाँ पत्रिकामा खबर छ । एसएसपीलाई भाला हानी हानी मारेको भन्दै मगरले भने-‘एसएसपीसा’व एकपटक आक्रमणकारीको बीचबाट फुत्किन सफल भएपछि हामीले नजिकैको एउटा घरमा लुकायौ । तर, उहाँसँग भएको सञ्चार सेटको आवाज सुनेपछि फेरि समाते लाठी र भाला हानी हानी मारे ।’ आन्दोलनकारीसँग गुलेली ढुंगा, लाठी-भालालगायतका हतियार आफूहरुमाथि बर्साएको भन्दै मगरले भने-हामीसँग रबर बुलेट र अश्रुग्यास मात्रै थियो । त्यो भएसम्म प्रयोग गर्‍यौं । भएको सबै सकियो, स्थिति नियन्त्रणबाहिर गयो, अनि यस्तो घटना भयो ।’

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.